समाज

पोखरामा छाडा गाई भेट्नु भो? ल्याउनुहोस्, पुरस्कार पाउनुहोस्

माघ ६, २०७५

    पोखरा : पोखराका मुख्यचोकहरुमा छाडा पशु चौपायाकै कारणले सडक दुर्घटना जोखिम बढेपछि पोखरा महानगरले त्यस्ता पशु चौपायको ब्यवस्थापन सुरु गरेको छ।

    पोखरा महानगरले पर्यटकिय नगरी पोखराका मुख्यचोकहरु पृथ्वी चोक, अन्यचोकहरु र लेकसाइडका विभिन्न गल्लीहरुमा यत्रतत्र भेटिने छाडा गाइहरु ब्यवस्थापन सुरू गरेको हो। 

    महानगरका सूचना अधिकारी गंगालाल सुवेदीले बजारमा धेरै संख्यामा छाडा गाइहरु देखिन थालेपछि महानगरले त्यसको ब्यवस्थापन गर्न लागेको जानकारी दिए। ‘छाडा गाईहरु धेरै भए, त्यसको ब्यवस्थापन नगरे अन्य दुर्घटना निम्तने खतरा भएपछि महानगरले ब्यवस्थापन सुरू गरेको हो,’ सुवेदीले भने, ‘हामीले गाई ब्यवस्थापन अभियान थालेको एक हप्ता भयो। यो बीचमा ८० वटा भन्दा धेरै गाइहरु हामीले नियन्त्रणमा लिइसकेका छौँ।’ त्यसरी नियन्त्रणमा लिएका गाईहरु महानगरले फोहोर फाल्ने क्षेत्र (ल्याण्ड फिलसाइड) मा लगेर राखेको छ। खुल्ला क्षेत्र र नदिको नजिक भएकोले त्यहाँ लगेर राखिएको सुवेदीको भनाइ छ। 

    अहिले पोखरा बजार क्षेत्र भित्रका गाईहरु महानगरले पृथ्वीचोक नजिकै रहेको खाली ठाउँमा जम्मा गर्ने र पोखरा १४ मा रहेको फोहोर फाल्ने नजिकैको खुल्ला ठाउँमा लैजाने गरेको छ। छाडा गाई कसैले ल्याए उसलाई प्रोत्साहन स्वरुप केही रकम पुरस्कार समेत दिइने सुवेदीको भनाइ छ।

    गाई लान चाहनेलाई कागज गरिने 

    महानगरले सडकबाट उठाएर ल्याएको गाई कसैले पाल्न लैजान चाहेमा पनि लैजान पाउँछ। त्यसरी गाई लैजाने घर धनीले महानगरसँग कागजी प्रतिवद्धता समेत गर्नुपर्ने छ। ‘सडकबाट ल्याएका गाई कसैले पाल्न लैजान चाहन्छ भने पनि पाउँछ,’ सूचना अधिकारी सुवेदीले भने, ‘गाई लैजाने घर धनीले मैले गाईलाई छाडा छोड्दिन राम्रोसँग पाल्छु भन्ने कागज गरेर लैजानुपर्ने हुन्छ।’

    धार्मिक संघसंस्थाहरुसँग छलफल

    नियन्त्रणमा लिएका छाडा गाईहरु पोखरा महानगरले केही रकम खर्चेर ल्याण्ड फिल क्षेत्रको खुल्ला ठाउँमा ब्यवस्थापन गर्न लागेसँगै गाइसँग सम्बन्धीत धार्मिक संघसंस्थाहरुले पनि चासो दिएको पोखरा महानगरले जनाएको छ। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]