समाज

कार्यालय सहयोगीका भरमा प्रशासन कार्यालय

File Photo
माघ ६, २०७५

    पाल्पा : पाल्पाको रामपुरस्थित इलाका प्रशासन कार्यालय अहिले कार्यालय सहयोगीको भरमा चलेको छ।

    कार्यालयमा हालै पुग्दा दुई कार्यालय सहयोगीबाहेक अरु कोही पनि कर्मचारी भेटिएनन्। सेवा लिन कार्यायमा पुगेका सेवाग्राही गुनासो गर्दै फर्केका थिए। गएको पुस १५ गते कार्यालय प्रमुख मधुसुदन भट्टराई यहाँबाट सरुवा भई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गएपछि अहिले उक्त कार्यालय प्रमुखविहीन बनेको हो।

    कार्यालयका निमित्त प्रमुख (सहायक कम्प्युटर अपरेटर) रामलखन बानियाँ पनि घर बिदामा बसेकाले अहिले दुई कार्यालय सहयोगीको भरमा कार्यालय चलेको छ। पूर्वी पाल्पावासीलाई सहज रूपमा सेवा उपलब्ध गराउने उद्देश्यले स्थापना गरिएको उक्त कार्यालयमा हाल कर्मचारी नहुँदा सेवाग्राहीलाई समस्या भएको छ।

    अहिले कार्यालय सहयोगी माधवप्रसाद न्यौपाने र शेरचन रानाले कार्यालय कुरेर बसिरहेका छन्। आफूहरूले दर्ता चलानी, रजिष्टरमा लेख्नेजस्ता सामान्य काम गरी कार्यालय कुरेर बसिरहेको कार्यालय सहयोगी न्यौपानेले बताए।

    कार्यालयका निमित्त कार्यालय प्रमुख (सहायक कम्प्युटर अपरेटर) रामलखन यादव गत पुस ३० गतेदेखि बिदामा बसेका छन्। 'कार्यालयमा कामकाज लिएर आएका सेवाग्रहीले सेवा नपाउँदा हामीलाई गुनासो गरेर फर्कन्छन्' उनले भने।

    कार्यालय प्रमुख नभएपछि मङ्गलबार र बुधवार जिल्ला प्रशासन कार्यालय पाल्पाबाट खटिएर आएका कर्मचारीले नागरिकता, द्रुत पासपोर्ट सेवा, जनजाति प्रमाणित, नाबालक परिचयपत्र, संस्था नवीकरणजस्तो सेवा उपलब्ध गराउँदै आएको प्रमुख जिल्ला अधिकारी मनोहरप्रसाद खनालले बताए।

    जिल्ला प्रशासन कार्यालयट कर्मचारी पठाउन सक्ने अवस्था नभएकाले यसबारे माथिल्लो निकायमा जानकारी गराइएको उल्लेख गर्दै उनले कर्मचारी समायोजनको प्रक्रिया भइरहेका कारणले तत्काल कार्यालय प्रमुख नै आउन सक्ने अवस्था नभएको बताए।

    यस कार्यालयबाट रामपुर नगरपालिका, निस्दी गाउँपालिकाको वडा नं १, २, ३, ४, ५, ६ र पूर्वखोला गाउँपालिकाको–१ सिलुवाका बासिन्दालाई सेवा उपलब्ध गराउँदै आए पनि कार्यालयमा कर्मचारी नै नहुँदा पटकपटक धाइरहन परेको रामपुर नगरपालिका–९ जब्गादी बस्ने यमकुमारी रिङ्जालीले बताए।

    कार्यालय सहयोगीसहित आठ कर्मचारीको दरबन्दी छ। हाल यस कार्यालयमा दुई कार्यालय सहयोगी र एक सहायक कम्प्युट अपरेटर मात्र छन्। दैनिक पचासको हाराहारीमा सेवा लिन आउने सेवाग्राहीको चहलपहल बनेको इलाका प्रशासन कार्यालय कर्मचारी नहुँदा सुनसान बनेको छ।

    जिल्ला सदरमुकाम तानसेनदेखि झण्डै ६५ किलोमिटर पूर्वका जनतालाई सेवा दिने उद्देश्यले विसं २०६३ असार १० गते तत्कालीन गृहमन्त्री शक्तिबहादुर बस्नेतले उक्त कार्यालय उद्घाटन गरेका थिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]