तनहुँ : पशुधनको सुरक्षा र उत्पादन वृद्धि गर्न तनहुँका १० वटै स्थानीय तहमा पूर्ण खोप अभियान सञ्चालन गरिएको छ। खोप अभियानको क्रममा जिल्लामा रहे...
काठमाडौं : रगतमा बोसोको मात्रा बढ्नुलाई कोलेस्टेरोल भनेर बुझिन्छ। यसको उत्पादन कलेजोमा हुन्छ र रगतको माध्यमबाट कोषहरुसम्म पुग्छ।
कोलेस्टेरोल शरीरको लागि आवश्यक छ तर रगतमा आवश्यकता भन्दा बढी रहेमा यसले स्वास्थ्यमा समस्या पार्छ। आवश्यकता भन्दा बढी कोलेस्टेरोल भएमा यो मुटुको धमनीहरुको भित्तामा जम्मा भई नसा साँघुरो बनाई रक्त प्रवाहमा अवरोध गर्छ।
कोलेस्टेरोलको कारणले धमनी बन्द भएमा वा धमनी साँघुरिएमा मुटु दुख्ने र पक्षघात समेत हुन सक्छ। कोलेस्टेरोलप्रति सावधानी नअपनाउने हो भने पक्षघात भई अपाङ्ग समेत हुनपुग्दछ।
कोलेस्टेरोल कति प्रकारका हुन्छन् ?
हाम्रो रगतमा कोलोस्टेरोल दुई प्रकारका हुन्छन्। LDL कोलेस्ट्रोरल र HDL कोलेस्टेरोल।
LDL कोलेस्टेरोल जोखिमपूर्ण मानिन्छ। यो खालको कोलेस्टेरोल रगतमा लामो समयसम्म रहिरहेमा हृयघात तथा स्ट्रोक हुने सम्भावना धेरै हुन्छ।
रगतमा कोलेस्टेरोलको मात्रा केले बढाउँछ?
धेरै बोसो भएको खानेकुरा खाने तर शारीरिक परिश्रम नगर्नाले रगतमा कोलेस्टेरोलको समस्या देखिन सक्छ। यस्ता खानेकुराले तौल बढ्दै जाने, शरीरमा भएको राम्रो कोलेस्टेरोल घट्दै जाने र नराम्रो कोलेस्टेरोल बढ्दै जान्छ।
यस्तै परिवारमा कसैलाई कोलेस्टेरोल छ भने पनि घर परिवारका अन्य सदस्यलाई कोलेस्टेरोल हुने सम्भावना धेरै हुन्छ साधारणतया २० बर्षको उमेरपछि रगतमा घातक प्रकारको कोलेस्टेरोल बढ्न जान्छ।
शरीरमा कोलेस्टेरोल बढ्न नदिन के गर्नुपर्छ?
बेलैमा आफ्नो रगत जाँच गरी रगतमा कोलेस्टेरोलको मात्राबारे जानाकारी लिनुपर्छ। शरीर मोटा भएका, विलासीपूर्ण जीवन जिउनेहरु कोलेस्टेरोलको उच्च जोखिममा रहने हुनाले जीवनशैलीलाई सक्रिय बताउनुपर्छ।
घर परिवारमा कोलेस्टेरोल भएकाहरु त झन् बढी सचेत हुनुपर्छ। किनभने उनीहरुमा पनि यो समस्या देखिन सक्छ। दैनिक शारीरिक अभ्यास र योग गर्नुपर्छ। बोसो, चिल्लो भएको खानेकुराका साथै जंक फुड खानु हुँदैन। धुमपान र मध्यपानबाट सकभर टाढै रहनुपर्छ। अनि तनावबाट मुक्त हुनुपर्छ, तौल बढ्न दिनु हुँदैन।
मेडिकेयर अस्पतालका फिजिसियन डा.एई अन्सारीसँग सविना खनालले गरेको कुराकानी
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।