अर्थ

मनाङमा सवारीसाधनबाट मात्रै ८ लाख ५४ हजार राजस्व

जिल्ला ट्राफिक कार्यालय धारापानी
माघ ७, २०७५

    मनाङ : मनाङमा  यातायातबाट गत साउन महिनादेखि हालसम्म  ८ लाख ५४ हजार ५००राजस्व  जम्मा भएको छ। सबैभन्दा सानो जिल्ला सवारीसाधनको खासै चाप नभए पनि विभिन्न घटनाबाट राजस्व  संकलन भएको मनाङ जिल्ला ट्राफिक कार्यालय धारापानीले जानकारी  दिएको छ।

    जिल्लामा संचालन हुने ट्रक, जिप, ट्याक्टर, मोटर बाइक लगायतका सवारीसाधनबाट राजस्व संकलन गरिएको हो।  जिल्ला ट्राफिक इन्चार्ज राजेन्द्र बिकका अनुसार  ट्रक ५५ वटा, जिप बलेरो ८६८, ट्याक्टर १२४र मोटरसाइकल ८० वटा संचालनमा छन्। उनका अनुसार ट्रकबाट रु ३२ हजार ५ सय, जिपबाट रु ६ लाख ९० हजार ५ सय, ट्याक्टरबाट रु ४८  हजार, मोटर बाइकबाट रु ४५ हजार, ५०० र अन्यबाट रु २ हजार गरी ८ लाख, ५४ हजार ५०० राजस्व संकलन गरेको  छ। जिल्लामा रहेका सवारीसाधनमा ओभर लोड, कागजपत्र जाँच  र सवारी  दुर्घटना  जस्ता शीर्षकमा राजस्व संकलन गरिएको जिल्ला ट्राफिक कार्यालय मनाङले जनाएको छ। यो अवधिमा  जम्मा दुईवटा सवारी  दुर्घटना भएको छ।

    दुर्घटनामा एकजना पैदल यात्री र एकजना सवारी  चालक रहेका छन्।  २०७५/ ०७/१२ गते पैदल यात्रीलाई ट्रकमा ठोकिएर मृत्यु  भएको थियो भने ७५/०७/१५मा ट्याक्टर पल्टिँदा चालकको मृत्यु भएको थियो। दुवै घटना मनाङको नांसो गाउँपालिकाभित्र घटेको ट्राफिक राजेन्द्र बिकले बताए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]