काठमाडौं : पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण देशका केही भाग बिहीबार पनि वर्षाको सम्भावना छ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्...
काठमाडौं : त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेका अनशनरत डा. गोविन्द केसीलाई आइतबार आइसियुबाट जनरल वार्डमा सारिएको छ। डा केसीले आइसियुमा बस्न नमानेका कारण उनलाई जनरल वार्डको ५०२ नम्बर बेडमा सारिएको उनका सहयोगी किशोर केसीले जानकारी दिए।
डा. केसीले आइसियू बेडको अभावमा सर्वसाधारणलाई समस्या नपरोस् भनेर अन्यत्र सार्न आग्रह गरेअनुसार उनलाई त्यहाँ सारिएको उनले बताए। यसअघि उक्त बेर्डमा डा. केसीले अनशन तोडेपछि राखिने गरिन्थ्यो।
सहयोगी केसीका अनुसार अहिले डा. केसीको स्वास्थ्यका केही सुधार देखिएको छ। यद्यपि उनलाई डाक्टहरूले एन्टिवायोटिक दिँदै आएका छन्। आइसियुमा उपचाररत केसीको सेतो रक्तकोषिका न्यून भएको तथा मुटुको अवस्था सामान्य हुँदै गएको उपचारमा संलग्न चिकित्सकले बताएका छन्।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।