राजनीति

मनोनयन भएको एक महिनापछि स्थानीय तहका पदाधिकारीको शपथ

माघ ६, २०७५

    बाँके : जिल्लाका आठवटै स्थानीय तहमा चयन भएका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष र सचिवले एक महिनापछि आइतवार पद तथा गोपनियताको सपथ लिएका छन्। नेकपा बाँकेको पार्टी कार्यालयमा आयोजित सपथ ग्रहण कार्यक्रममा अध्यक्ष र सचिवले पद तथा गोपनियताको सपथ लिएका हुन्। 

    नेकपाका केन्द्रीय सदस्य समेत रहेका प्रदेश ५ का सचिव जगप्रसाद शर्मा ‘अपार’ ले स्थानीय तहका नेकपाका अध्यक्ष र सचिवलाई सपथ खुवाएको नेकपा प्रदेश ५ कमिटी सदस्य अशोक कोइरालाले जानकारी दिए। सपथ ग्रहण कार्यक्रममा केन्द्रीय सदस्य मोहम्म हारुन हलवाई, नेकपा प्रदेश ५ का कार्यालय सचिव वलराम अधिकारी, प्रदेश कमिटी सदस्य अशोक रोकाय, प्रकाश सुवेदी, अक्कलबहादुर बम, डम्मर बिक लगागतले शुभकामना दिए। 

    सो अवसरमा नेकपाका स्थानीय तहका पदाधिकारीलाई प्रशिक्षणसमेत दिइएको थियो। ‘पार्टीको कार्यनीति र सरकारको योजना लगायत विषयमा प्रशिक्षण दिइयो’ कोइरालाले भने। नेपालगन्ज उपमहानगरपालिकाका अध्यक्ष डिल्लीप्रसाद बराल, सचिव दत्तप्रसाद आचार्य, कोहलपुर नगरपालिकाका अध्यक्ष बसन्ती अधिकारी र सचिव तुलाराज बिष्ट, राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष चामबहादुर घर्ती र सचिव मनोज केसी, नरैनापुर गाउँपालिकाका अध्यक्ष प्रमोद मिश्र र सचिव मेराज खाँले आइतवार सपथ लिए। 

    त्यसैगरी डुडुवा गाउँपालिकाका अध्यक्ष सकिल अहमद खाँ र सचिव भोलाप्रसाद यादव, खजुरा गाउँपालिकाका लागि चयन भएका अध्यक्ष राजकुमार बिसी र सचिव यामबहादुर महतरा, जानकी गाउँपालिकाका अध्यक्ष पदम धिताल र सचिव नारायण गिरी तथा वैजनाथ गाउँपालिकाका अध्यक्ष चन्द्रबहादुर चौधरी र सचिव मिरा कार्कीले आइतबार नै पद तथा गोपनियताको सपथ लिए। नेकपा प्रदेश ५ कमिटीले झण्डै एक महिनाअघि बाँके जिल्लाका स्थानीय तहमा अध्यक्ष र सचिव मनोनयन गरेको थियो।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]