काठमाडौँ : नयाँ सत्ता समीकरणको भविष्यमाथि नै आशंका उब्जिने गरी संघको मन्त्रालय भागबन्डामा हदैसम्म लचिलो बनेको नेकपा एमाले पछिल्लो ...
काठमाडौं : यसवर्षको मदन भण्डारी शिक्षा पत्रकारिता पुरस्कार पत्रकार तथा प्राध्यापक पी खरेललाई प्रदान गरिएको छ। मदन भण्डारी मेमोरियल कलेजको १५ औं वार्षिक उत्सवको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी ओलीले खरेललाई पुरस्कार प्रदान गरेका हुन्।
४३ वर्ष आमसञ्चार र पत्रकारिता क्षेत्रमा योगदान गरेका खरेल सक्रिय पत्रकारिताका र पत्रकारिता विषप प्राध्यापन गर्थे। ५ औं वार्षिक उत्सवको अवसरमा मदन भण्डारी मेमोरियल कलेजले यसवर्ष स्नातक तहमा उत्कृष्ट हुने रमा पराजुली र सुदन लामिछानेलाई मदन भण्डारी स्वर्ण पदक प्रदान गरेको छ।
कार्यक्रममा प्रधानमन्त्री केपी ओलीले जननेता मदन भण्डारी युगकै उत्कृष्ट नेता भएको बताए। भण्डारीको ६४ औं जन्म जयन्तीको अवसरमा मदन भण्डारी मेमोरियल कलेजले आयोजना गरेको कार्यक्रममा उनले वैज्ञानिक, अग्रगामी, नयाँ तथा फराकिलो चिन्तनको अगुवाइ गर्ने नेता भएको बताए।
'सामाजिक न्याय र समानताको पक्षमा चिन्तन राख्ने, संघर्ष गर्ने देशभक्त नायक हुनुहुन्थ्यो जननेता मदन भण्डारी। उहाँले राजनीतिलाई फोहोरी खेल मात्र होइन राष्ट्र निर्माण, जनसेवा, विकास, सुव्यवस्था, सुशासनको माध्यमबाट मुलुकलाई अगाडि बढाउनुपर्छ भन्ने मान्यता राख्नुहुन्थ्यो' उनले भने।
२०३० सालमा ताप्लेजुङको ढुंगेसाघुमा जन्मिएका मदन भण्डारीको २०५० साल जेठ ३ गते चितवनको दासढुंगामा भएको रहस्यमय दुर्घटनामा निधन भएको थियो।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।