राजनीति

प्रत्येक स्थानीय तहमा प्राविधिक शिक्षालय : मुख्यमन्त्री राउत

माघ २३, २०७५

    जनकपुरधाम : प्रदेश २ का मुख्यमन्त्री मो. लालबाबु राउत गद्दीले अगामी आर्थिक वर्षभित्र प्रत्येक स्थानीय तहमा एक प्राविधिक शिक्षालयको स्थापना गरिन प्रत्रिया अगाडि बढाएको बताएका छन्। उनले राष्ट्रिय शिक्षाको हवको रुपमा प्रदेश २ लाई विस्तार गर्ने योजनाअनुरूप प्रत्येक स्थानीय तहमा एक प्राविधिक शिक्षालय स्थापना गरिने बताएका हुन् ।

    प्रदेश २ को प्याब्सन अधिवेशनको महोत्तरी जिल्लाको वर्दिबासमा उद्घाटन गर्दै मुख्यमन्त्री राउतले उच्च शिक्षा प्रदेश सरकारको मातहत हुने स्पष्ट व्यवस्था रहे पनि संघीय सरकारले सिटिइभिटीलाई प्रदेशलाई हस्तान्तरण गर्न आनाकानी गरिरहेको गुनासो गरे। उनले भने, ‘संविधान प्रदत अधिकार प्रयोग गर्न हामीलाई कसैले रोक्न सक्दैन। प्राविधिक शिक्षासम्बन्धी ऐन हामीले तयार गरिसकेका छौँ, एक साताभित्र प्रदेशसभामा जान्छ र ऐन पारित भएलगतै प्राविधिक शिक्षालय स्थापनाको क्रम शुरु हुन्छ।’

    सरकार तथा सम्बन्धित शिक्षालयहरूको अस्पष्ट नीतिकै कारण मुलुकले शिक्षालगायत अन्य क्षेत्रको अवस्था जर्जर रहेको तथा प्रगति गर्न नसकेको बताउँदै प्रदेश सरकार अब त्यस्तो हुन दिने मुख्यमन्त्री राउतको दाबी गरे। संस्थागत विद्यालयले मुलुकको शिक्षा क्षेत्रमा ठूलो योगदान दिएको पुर्‍याएको उल्लेख गर्दै उनले नयाँ नीति संस्थागत विद्यालयलाई धाराशायी गर्ने नभई व्यवस्थित गर्ने खालको हुनुपर्ने बताए।

    प्रदेश २ का प्याब्सन अध्यक्ष मुरारीप्रसाद साहको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशसभा सदस्य शारदा थापा, प्याब्सनका केन्द्रीय अध्यक्ष विजय सुम्बाहाम्फे, केन्द्रीय पदाधिकारी, नेपाली सेना तथा सशस्त्र प्रहरीका प्रदेशस्थित प्रमुख लगायतको उपस्थिति रहेको थियो। प्रदेश अधिवेशनले अगामी २ वर्षे कार्यकालको लागि नयाँ कार्य समिति चयन गर्ने जनाएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]