अर्थ

लेखा समितिले सरकारलाई भन्यो : विगतदेखिका निर्देशन पालना गर, मासिक प्रगति विवरण देऊ

माघ २४, २०७५

    काठमाडौं : संसदको सार्वजनिक लेखा समितिले बेरुजु फर्छ्यौटका सम्बन्धमा विगतदेखि दिएका निर्देशन अनिवार्य कार्यान्वयन गर्न नेपाल सरकारल र संवैधानिक निकायको कार्यालयलाई निर्देशन दिएको छ। समितिको बिहीबार बसेको बैठकमा विगतका निर्देशन अनिवार्य कार्यान्वयन गर्न र मासिक रूपमा समितिमा प्रगति विवरण पेस गर्न नेपाल सरकारका मन्त्रालय, संवैधानिक अंग, आयोग र निकाय तथा सचिवालयलाई निर्देशन दिएको हो।

    समितिले महालेखापरीक्षको कार्यालयको वार्षिक प्रतिवेदनमाथि छलफल नगरेका निकायलाई आगामी बैशाख महिनाभित्र सम्पन्न गर्न निर्देशन दिएको छ भने आगामी तीन महिनाभित्र संगठित संस्थाहरूलाई लेखापरीक्षण गराउन निर्देशन दिएको छ।

    महालेखापरीक्षकले औँल्याएको बेरुजुलाई फर्छ्यौट गर्ने जिम्मेवारी पाएको लेखासमितिले आठ उपसमिति बनाएर काम सुरु गरेको छ। आर्थिक वर्ष २०७३/०७४ को मात्रै एक खर्ब बेरुजु रहेको छ भने अहिलेसम्मको बेरुज पाँच खर्बभन्दा माथि पुगेको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]