काठमाडौं : पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहँदा देशका केही भूभागमा बुधबार पनि वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान म...
हेटौंडा: जिल्ला प्रहरी कार्यालय मकवानपुरले भारत पढ्न लैजान लागेको १८ जना बालबालिकाको बिहीबार उद्धार गरिएको छ।
हेटौंडा १० बसपार्क स्थित जिल्लाका विभिन्न स्थानका सातजना बालिका र ११ जना बालकलाई कानुनी प्रक्रिया विना नै भारतको कालिङ्पोङ भन्ने स्थानमा लामा पढ्नको लागि लैजान लागेको अवस्थामा उद्धार गरिएको हो। हेटौंडाबाट काकडभिट्टा जाने ना.६ ख १५२० नम्बरको यात्रुबाहक बसमा मकवानपुर राक्सिराङ गाउँपालिका १ का १८ वर्षीय साड्डे मुक्तान र जिल्ला मकवानपुर बागमती गाउँपालिका ८ का २४ वर्षीय सोनाम दोर्जे लामाले लाँदै गरेको अवस्थामा प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार बालबालिकाहरु अभिभावकको स्वीकृति लिएर लैजान लागेको भए पनि अन्य कानुनी प्रक्रियाहरू पुर्याएको नपाइएपछि नियन्त्रणमा लिइएको हो।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।