समाज

४५ लाख ब्लड मनी जुटाउन चौधरी परिवारलाई समस्या, सहयोगका लागि अपिल

माघ २५, २०७५

    चितवन :  साउदीमा मृत्युदण्ड सुनाइएका चितवन खैरहनी १० गोठौलीका २५ वर्षीय जलेश्वर चौधरीको परिवारलाई ब्लड मनी जुटाउन समस्या भएको छ। निम्न आर्थिक अवस्थाका चौधरी परिवारलाई ब्लड मनी ४५ लाख जुटाउनुपर्ने आपत्ति आइलागेको छ। 

    परिवारले सवै नेपालीलाई सहयोगका लागि गुहार मागका छन। जलेश्वरका आमा भलुई महतोले आफ्नो छोरोलाइ नेपाल ल्याउन सकेको सहयोग गर्न सवैसँग आग्रह गरेकी छन। अहिलेसम्म विभिन्न व्यक्ति, संघ सस्थाबाट १६ लाख रुपैँया संकलन भएको सहयोग संकलन अभियानका संयोजक वडा सदस्य रामविन चौधरीले जानकारी दिए। अबको ५ महिनामा अझै २९ लाख जुटाउनुपर्नेछ।

    चौधरीको उद्धारका लागि रेष्टुरेन्ट एण्ड बार एशोसियसन रेवान सौराहाले १५ हजार सहयोग गरेको छ। रेवानका अध्यक्ष गोकर्ण गिरीले घरमै पुगेर जलेश्वरकाकी आमा भलुई महतोलाई सहयोग हस्तान्तरण गरेका हुन्। गिरीले अफ्ठ्यारोमा परेका नेपालीलाइ सवै मिलेर सकेको सहयोग गर्नुपर्ने बताए। यस्तै खैरहनी १० का वडा अध्यक्ष कारीराम चौधरीले जलेश्वरको परिवारको आर्थिक अवस्था कमजोर रहेकाले वडाले कागजी लगायत अन्य आवश्यक सहयोग गरीरहेको बताए। 

    २०७२ साल माघमा जलेश्वरले चलाएको गाडीमा पछाडिबाट आएको कार ठोक्किँदा कारमा सवार १ जनाको ज्यान गएको थियो। मृतकका परिवारले व्लड मनि स्वरुप नेपाली ४५ लाख रुपैयाँ माग गरेका छन्। व्लड मनि जुटाउन नसक्दा जलेश्वरले २ वर्ष साउदीमा जेल सजाय समेत भोगिसकेका छन्। व्लडमनि अभावका कारण जलेश्वर साउदी अरबमा अलपत्र परेका छन। हाल उनी साथीहरूको शरणमा रहेको परिवारले जनाएको छ। 

    व्लड मनि जुटाउन उनलाई यही मंसिर देखि ८ महिनाको समयावधि दिइएको छ। अल्टिमेटमको ३ महिना गुज्रीएको र अबको ५ महिनामा २९ लाख जुटाएर नेपाल ल्याउन नसके उनलाई मृत्युदण्ड दिने चिन्ताले चौधरी परिवारलाई पिरोलेको छ।

    परिवारमा जलेश्वर, बुबा आमा र छोरा जलेश्वर ३ जना बस्दै आएका छन्। उनीहरूले मेलापात, घर बनाउने लगायत विभिन्न स्थानमा भौतिक निर्माणका काम गर्दै गुजारा चलाउने गरेको स्थानीयको भनाइ छ। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]