काठमाडौं : नेपालमा उत्पादन हुने पाँच वस्तुको निर्यातमा उल्लेख्य वृद्धि भएको छ। व्यापार प्रवर्धन तथा निकासी केन्द्रको तथ्याङ्क अनुसार चालु आर्...
काठमाडौं : जनकपुरधामको प्रमुख धार्मिकस्थल जानकी मन्दिरको प्रांगणमा सामुदायिक प्रहरी सेवा केन्द्र धनुषाद्वारा गरिएको सांस्कृतिक कार्यक्रममा अश्लील गीत एवं नृत्य प्रदर्शन गरिएपछि सामाजिक सञ्जालमा कडा आलोचना भइरहेको छ।
प्रशासनिक अधिकारी एवं राजनीतिकर्मी सहभागी रहेकाे साे कार्यक्रममा यस प्रकारकाे गीत नृत्य हुँदा पनि कसैले नराेकेकोमा उनीहरूकाे पनि आलाेचना भइरहेकाे छ भन्ने खबर राजधानी दैनिकमा छ।
मधेस अधिकार संघर्ष समितिका संयोजक सरोज मिश्रले अरुको बिहेमा डिजे बन्द गराउने प्रशासन आजभोलि जानकी मन्दिरको प्रांगणमै अर्धनग्न नृत्यांगनासँग लिपिस्टिक लगाउँदै छ भनी सामाजिक सञ्जालमा व्यंगात्मक टिप्पणी गरेका छन्। युवा अभियन्ता दीपक ठाकुरले संस्कार बिगार्ने कार्य गरिएको आरोप लगाएका छन्। उनले जनकपुरधामलाई समाप्त पार्ने छुट कसैलाई नरहेकोसमेत बताए।
अर्का युवा ओमविक्रम कुश्वाहाले फेरि गंगाजलबाट जानकी मन्दिरलाई शुद्ध पार्नुपर्छ भनी व्यंग्य गरेका छन्।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।