काठमाडौं : विश्व रंगमञ्च दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ। यो वर्ष दिवसको नारा ‘रंगमञ्च र शान्तिका लागि संस्कृति&...
काठमाडौं : प्रमोद खरेलको स्वरमा रहेको नयाँ गीत सार्वजनिक भएको छ। बिहीबार गायक प्रमोदकै अफिसियल युट्युब च्यानलबाट 'यो कुरा गोप्य' बोलको गीत सार्वजनिक गरिएको हो। सार्वजनिक उक्त गीतमा आशिष अविरलको संगीत तथा एक नारायण भण्डारीको शब्द सुन्न सकिन्छ। गीतको एरेन्ज अविरलले नै गरेका हुन्।
'यो कुरा गोप्य' निकै रमाइलो र डान्सिङ गीत भएको प्रमोदले बताए। उनले भने, 'हामीले यस गीतलाई पूर्ण रुपमा डान्सिङ फ्लेवरमा तयार पारेका छौँ। गीतको भिडियोलाई हामीले फरक तरिकाले बनाएका छौँ। शब्द तथा संगीतको हिसाबमा पनि निकै राम्रो भएको छ।' प्रमोद यस गीतले दर्शक/श्रोताको मन जित्नेमा विश्वस्त छन्।
शान थापाको निर्देशनमा तयार भएको उक्त गीतको भिडियोमा नाजिर हुसेन र एलिशा राईको जोडी बाधिएको छ। भिडियोमा नजिरले एलिशालाई आफूले माया गरेको कुरा गोप्य राख्न आग्रह गरिरहेका छन्। नाजिर आफ्नो हरेक क्रियाकलाप गोप्य राख्ने बताइरहेका छन्। तर, भिडियोको अन्त्यमा गायक खरेल कथामा ट्विस्ट बनेर आइदिन्छन् र एलिशालाई भगाउँछन्।
राजिव समरको नृत्य निर्देशनमा रहेको भिडियोलाई अनिल के मानन्धरले खिचेका छन्। कमल प्रसाईले ड्रेन चलाएको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका छन्। दिक्षा क्रियशलले तयार गरेको अडियो भिडियोलाई दिपा सिटौला 'खरेल'ले निर्माण गरेकी हुन्।
भिडियो
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।