समाज

ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुईकाे मृत्यु

माघ २५, २०७५

    चितवन : ट्रकले मोटरसाइकललाई ठक्कर दिएर चितवनमा २ जनाको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा भरतपुर महानगगरपालिका १३ का ५३ वर्षीय शुकदेव कोइराला र उनकी ४८ वर्षीय श्रीमती अम्बिका कोइराला रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। 

    नारायणगढबाट गीतानगरतर्फ जांँदै गरेको ना ४ ख ४९८२ नम्बरको ट्रक ले सोही दिशातर्फ गइरहेको ना ४२ प ४२३ नम्बरको मोटरसाइकललाई बिहीबार साँझ ६ बजे ठक्कर दिएको थियो। सोही समयमा विपरीत दिशाबाट आएको ना ७ ख १५६० नम्बरको बसले किच्दा मोटरसाइकलनमा सवार उनीहरू दुवै जनाको घटनास्थलमै मृत्यु भएको हो। ठक्कर दिने ट्रक, बस र चालकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक दुर्गाराज रेग्मीले जानकारी दिए। 
     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]