राजनीति

प्रतिपक्षलाई पेलेरै गए दुर्भाग्य : कांग्रेस नेता भण्डारी

माघ २६, २०७५

    गुल्मी : नेपाली कांग्रेसका युवा नेता डा. चन्द्र भण्डारीले सत्ता पक्षलाई सजग र सही मार्गमा लैजान नेपाली कांग्रेस लाग्नु पर्नेमा जोड दिएका छन्। नेपाल विद्यार्थी संघ गुल्मीको १२औँ जिल्ला अधिवेनलाई सम्बोधन गर्दै भण्डारीले अहिले नेपाल कम्युनिस्ट पाटीको नेतृत्वमा रहेको सरकार राष्ट्र र जनताप्रति जिम्मेवार नभएको भन्दै प्रतिपक्षको भूमिकालाई कांग्रेसले भरपुर रूपमा प्रयोग गर्नुपर्ने बताए।

    नेता भण्डारीले पछिल्लो समयमा नेकपाको सरकारले प्रतिपक्षलाई दुई तिहाईको दम्भ देखाएर संसदमा कुरा राख्ने समय पनि नदिएको भन्दै यस्तै हुँदै गए हालसम्म प्राप्त उपलब्धिहरू गुम्न सक्ने भन्दै यसमा सचेत पनि आग्रह गरे। उनले प्रतिपक्षलाई पेलेरै जाने हो भने नेपालमा दुर्भाग्य निम्तिने चेतावनी दिए।

    अर्को एक फरक प्रसंगमा नेता भण्डारीले वर्तमान सरकारले अन्तर्राष्ट्रिय सम्बन्धलाई सुमधुर बनाउन नसकेको भन्दै चिन्ता व्यक्त गरे। केही समयअघि नेकपाका अध्यक्ष मध्येका एक पुष्पकमल दाहाल प्रचण्डले भेनेजुयलाको राजनीतिमा अस्वाभाविक रूपमा अमेरिकाले दखल दिएको भन्दै विज्ञप्ति निकालेपछि विवाद उत्पन्त भएको थियो। उनले भेनेजुयेलाको विषयमा सरकारले अन्तर्राष्ट्रिय सम्बन्धलाई बिग्रने गरी विवाद उत्पन्न्न गराएको भन्दै सम्बन्धलाई सुमधुर बनाउन लाग्नुपर्ने सुझाव दिए।

    नेता भण्डारीले देशमा युवालाई टिकाइ राख्नका लागि सरकारले पहल नगरेको भन्दै युवालाई स्वदेशमा नै राख्ने गरी योजना बनाउन सरकारलाई आग्रह गरे। देश परिवर्तनमा युवाको भूमिकालाई बुझन आवश्यक रहेको भन्दै राष्ट्रनिर्माण र अग्रगामी परिवर्तनमा लाग्न युवालाई पनि उनले आग्रह गरे। नेपाल विद्यार्थी संघको १२औँ जिल्ला अधिवेशनले सहमतिमै सक्षम नेत्तृत्व चयन गर्न सकोस भन्दै शुभकामना व्यक्त गरे।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]