राजनीति

सशस्त्र जनयुद्धको २४ वर्ष, धुम्बाराहीमा प्रचण्डको विशेष कार्यक्रम

फागुन १, २०७५

    काठमाडौं : नेपालमा तत्कालिन नेकपा माओवादीले सशस्त्र युद्ध शुरु गरेको २४ वर्ष पुगेको छ। 

    २०५२ साल फागुन १ गते अर्थात आजैको दिन शुरु भएको युद्धलाई जनयुद्ध दिवसको रुपमा स्मरण गर्ने गरिन्छ। तत्कालिन नेकपा माओवादीले २०५२ साल फागुन १ गते रोल्पा, सिन्धुली र गोरखाका प्रहरी चौकीमा एकैसाथ आक्रमण गरी सशस्त्र युद्ध सुरु गरेकाे थियाे।

    त्यसपछि १० वर्षसम्म निरन्तर चलेको माओवादी जनयुद्धमा १७ हजारभन्दा बढीले ज्यान गुमाए भने हजारौं घाइते र बेपत्ता भए। अहिले माओवादी विभिन्न टुक्रामा विभाजित हुँदै नयाँ पार्टीको नाममा आएका छन् भने अरु पार्टीसँग पनि एकतामा गएका छन्। जनयुद्ध दिवसको अवसरमा आज विभिन्न कार्यक्रम गरिँदैछ। दिवसको अवसरमा नेपाल कम्युनिष्ट पार्टी नेकपाले आज पार्टी कार्यालयमा कार्यक्रम राखेको छ। पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आतिथ्यमा बिहान साढे १० बजे पार्टी कार्यालय धुम्बाराहीमा ‘जनआन्दोलन र जनयुद्धका सहिदहरुप्रति श्रद्धाञ्जलि’ कार्यक्रम राखिएको नेता कृष्णगोपाल श्रेष्ठले जानकारी दिए।

    नेकपा एकिकृत र नेकपा एमाले एकता भएर नेकपा बनेपछि जनयुद्ध शब्दमा जनआन्दोलन शब्द थपेर कार्यक्रम गर्न लागेको हो। यसैबिच नेपाल कम्युनिष्ट पार्र्टी क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरणले दिवसको अवसरमा बक्तब्य जारी गर्दै अहिले इतिहासका जटिल आरोह अवरोहका प्रक्रिया र गम्भीर धक्काका बीचमा चौबीसौं जनयुद्ध दिवस मनाउँदै गरेको बताएका छन्।  

    नेपालमा सञ्चालित जनयुद्धले गम्भीर धक्का खाए पनि जनताका त्याग, वीरता र बलिदानका उत्कृष्ट मूल्यहरू खेर नगएको र तिनले भावी क्रान्तिका निम्ति अनन्त ऊर्जा प्रदान गरेको महासचिव बैद्यले उल्लेख गरेका छन्। 
     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]