समाज

विद्युतीय तारबारले कम भयो वन्यजन्तुको आक्रमण

फागुन २, २०७५

    उदयपुर : सौर्य विद्युतीय तारबार (सोलार फेन्स र तारजाली)का कारण कोसी टप्पु वन्यजन्तु आरक्षण क्षेत्र आसपासका जंगली जनावरको आक्रमण कम हुँदै गएको छ। वन्यजन्तु आरक्ष क्षेत्र आसपासमा पर्ने उदयपुरको बेलका नगरपालिकाको सीमावर्ती क्षेत्रमा करेन्ट प्रवाहा गर्ने सोलार फेन्ससहितको तारजालीको कारण जंगली जनावरको आक्रमण घट्दै गएको हो।

    बेलका नगरपालिका–१ तपेश्वरी, भागलपुर, श्रीलंका, बानडाँडालगायतका वस्तीमा सोलार फेन्ससहित तारजालीले सुरक्षा दिइएको छ। लामो समयदेखि आरक्ष क्षेत्रका सर्वसधारण जंगली जनावरको आक्रमणबाट पीडित बनेका थिए। 

    सोलार फेन्ससहितको तारजालीका कारण आरक्षको वन्यजन्तुबाट सीमावर्ती क्षेत्रका वस्ती सुरक्षित बन्दै गएको बेलका नगरपालिका–२ वानडाँडाँका विष्णु प्रधान बताउँछन्। ‘सोलार फेन्स र तारजाली नहुँदा आरक्षा क्षेत्रका ठूला तथा साना जनावरले दुःख दिन्थ्यो,’ उनले भने, ‘जंगली हात्ती आएर मान्छेलाई घाइते बनाउने, मार्ने, बँदेल, अर्नालगायतका वन्यजन्तुले खेतबारीको अन्नबाली नष्ट गरिदिने विगतको समस्या हटेको छ।’

    बेलका नगरपालिकालले वन्यन्तु आरक्ष क्षेत्रमा सीमावर्ती क्षेत्रमा घेरबेरा गरेको छ। यस्तै, कोसी टप्पु वन्य जन्तु आरक्षले सोलार फेन्स लगाएको छ। सोलार फेन्स मात्र राख्दा साना वन्यजन्तु पस्ने भएकाले तारजालीसहितको घेराबेरा गरेको बेलका नगरपालिकाका प्रमुख दुर्गाकुमार थापाले बताए। ‘आरक्षले सोलार फेन्सले घेराबेरा गरेको थियो,’ उनले भने, ‘नगरपालिकाले कोसी टप्पु क्षेत्रमा पर्ने तारजालीले घेराबेरा गरेको छ, जसले गर्दा साना तथा ठूला जंगली जनावर पस्न पाउँदैन।’ आरक्ष आसपासका क्षेत्रलाई जंगली वन्यजन्तुबाट नगरपालिकाकालई सुरक्षित राख्न  नगरपालिकाकले  सोलार फेन्स पावर थप्दै घेराबेरा गर्दै जाने योजना ल्याएको छ। 

    कोसी टप्पुु वन्यजन्तु आरक्ष भागलपुर पोष्टका वार्डेन लक्षमणकुमार महत्तोले सोलार फेन्सले जंगली हात्ती तथा ठूला जंगली जनावरलाई मानव वस्तीमा पस्न रोक लगाउने बताए। ‘आरक्षको सीमा काटेर मानव वस्तीमा जाँदा करेन्टको झड्का लाग्छ,’ उनले भने, ‘सोलार फेन्स लगाएपछि धेरै ठूला जंगली जनावर मानव वस्तीमा पस्न कमी भएको छ।’

    तारबार र सोलार फेन्स लगाउनुअघि वन्जयन्तु अरक्ष क्षेत्र आसपासका सर्वसाधण वन्जन्तुबाट पीडित थिए। अरक्षबाट आउने वन्यजन्तुले सर्वधारणले खेतबारीमा लगाइएको अन्नबाली खाइदिने गर्दथ्यो। तर, सोलार फेन्सले प्रभावकारी काम नगर्दा बराह नगरपालिका र कोसी गाउँपालिका क्षेत्रका जंगली जनावारको आतंक कायमै रहेको स्थानीयहरु बताउँछन्।

    सोलार फेन्सले ठूला जंगली जनावरलाई रोके पनि साना जनावरलाई रोक्न तारजालीकै घेराबेरा उयपुक्त रहेको बेलका नगरपालिका–२ का वडासदस्य कुमार अधिकारी बताउँछन्। फेन्सले अर्नालाई रोक्न प्रभावकारी भए पनि हात्ती, दुम्सी, गोहोरो, अजिङ्गरजस्ता जनवारका लागि प्रभावकारी भएको छैन।

    २०३२ सालमा स्थापना भएको कोसीटप्पु वन्यजन्तु आरक्ष कोसी नदीको तटमा रहेको संरक्षित क्षेत्र हो। कुल १७५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यो आरक्ष सुनसरी, सप्तरी र उदयपुर गरेर तीन जिल्लामा फैलिएको छ। आरक्ष सन् १९८७ रामसार सूचीमा सूचीकृत भएको नेपालकै ठूलो रामसार क्षेत्रसमेत हो। यहाँ ४८९ प्रजातिका चरा, २१९ को संख्यामा अर्ना र करिब ११–१२ वटा डल्फिन रहेको तथ्यांक छ। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]