समाज

कोरियाको नेमसोल विश्वविद्यालयले उच्च शिक्षामा छात्रबृत्ति दिने सम्झौता

जेहेन्दार विद्यार्थीलाई नि:शुल्क विद्यावारिधी

फागुन २, २०७५

    काठमाडौं : सामाजिक कल्याणमा स्नातकोत्तर र विद्यावारिधी गर्न चाहने नेपाली विद्यार्थीलाई दक्षिण कोरियाको नेमसोल विश्वविद्यालयले छात्रवृत्ति दिने भएको छ। यसका लागि  विश्वविद्यालय र नेपाल पत्रकार मञ्चबीच बुधबार काठमाडौंमा सम्झौता सम्पन्न भयो। सम्झौताबमोजिम नेपाली जेहेन्दार विद्यार्थीलाई मास्टर्स वा पिएचडि डिग्री हासिल गर्न पत्रकार मञ्चले सिफारिस गर्नेछ। मञ्चले गरेको सिफारिसका आधारमा विश्वविद्यालयले छात्रवृत्ति उपलब्ध गराउनेछ। विश्वविद्यालयका तर्फबाट अध्यक्ष डा. युन सियोङ योङ र मञ्चकोतर्फबाट अध्यक्ष युवराज विद्रोहीले हस्ताक्षर गरेका हुन्। सम्झौता पत्रमा पत्रकारहरूको क्षमता विकास र वृत्ति विकासका कार्यक्रममा विश्वविद्यालयले सहयोग गर्नेछ।

    आपसी सहयोगमा कला, संस्कार तथा संस्कृतिको आदान प्रदान हुने, नेपालका विश्वविद्यालयसँग समन्वय गरेर नेमसोल विश्वविद्यालयले सामाजिक कल्याण विषयमा अध्ययन अध्यापन गराउने, पत्रकारहरूलाई अन्तर्राष्ट्रिय रिपोर्टिङमा अभ्यस्त गराउन भ्रमण अवलोकनमा सहभागी गराउने लगायतका बुँदा उल्लेख छन्।

    हस्ताक्षरपछि बोल्दै विश्वविद्यालयकी प्राध्यापक युन सिल किमले नेपालका विभिन्न समुदायमा गएर सामाजिक मनोबिज्ञानका क्षेत्रमा अनुसन्धान गर्ने इच्छा ब्यक्त गर्दै यस प्रकारको काममा पत्रकार मञ्चको अगुवाई हुने कुरामा आफू विश्वस्त रहेको बताइन्। हामी नेपालका व्युटी एण्ड हेल्थ, स्पोर्टस एण्ड हेल्थ, चाइल्ड सोसल वेलफेयर जस्ता विषयमा अध्यापन गराउन चाहन्छौँ। यसका लागि हामीले नेपालका शिक्षा मन्त्रीसँग पनि भेट गरी सकेका छौँ।

    कार्यक्रमका बारेमा उनले भने, 'नेमसोलमा अहिले पनि ७ जना बिद्यार्थी अध्ययन गरिरहेका छन्। हामी जेहेन्दार बिद्यार्थीलाई बार्षिक रुपमा छात्रवृत्ति दिनेछौं।' कार्यक्रममा धारणा राख्ने नेपाली मुलकी प्राध्यापक सृजना थापाले पत्रकारहरूलाई शैक्षिक र व्यावसायिक सीपबाट स्तरीय पत्रकारिताका लागि सहयोग हुने बताइन्। अनुसन्धान र विकासका क्षेत्रमा मिलेर काम गरौँ। यसले आपसी सम्बन्धलाई चीर बनाउने उनको सुझाव थियो।

    कार्यक्रममा मञ्चका अध्यक्ष युवराज विद्रोहीले सम्झौता हुनुअघि नै मञ्चले शिफारिस गरेको १ जना विद्यार्थीलाई विश्वविद्यालयले छात्रवृत्ति दिएकोमा प्रस‌ंशा गर्दै आउँदा दिनमा पढ्न चाहना हुने तर आर्थिक अभावले अन्तरराष्ट्रिय विश्वविद्यालयको कल्पना पनि गर्न नसकेका विद्यार्थीलाई शून्य लगानीमा कोरियामा पढ्न सिफारिस गरिने जानकारी दिए। 'पत्रकारको क्षमता विकास र सीप विकास हाम्रा स्थापना कालदेखिकै प्राथमिक कार्यक्रम हुन्' कार्यक्रममा मञ्चका महासचिव बिमलकुमार थापाको जोड थियो।

    मञ्‍चको अन्तरराष्ट्रिय सम्बन्ध व्युरोका प्रमुख चन्द्रमणि भट्टराईका अनुसार अन्तरदेशीय सम्बन्धबाट नेपाली पत्रकारिताको स्थान उच्च बनाउन मञ्चले आपसी सहयोगका कार्यक्रम अघि बढाएको छ। यसका लागि अमेरिकामा शाखा गठन भइसकेको छ भने क्यानडा, पोर्चुगल र इङ्ल्याण्डमा आगामी ३ महिनाभित्र शाखा गठन हुनेछ। भट्टराईका अनुसार मञ्चको सदस्यहरू विदेश गएर पत्रकारितामा नै सक्रिय हुनेको संख्या ७ वा त्योभन्दा माथि छ भने त्यस्ता देशमा शाखा गठन हुनेछन्। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]