धनगढी : नेकपा एमालेनिकट अनेरास्ववियुकी नेतृ राजमती उर्फ रक्षा बमलाई पक्राउ गरिएको छ। अनेरास्ववियुको स्थायी कमिटी सदस्यसमेत रहेकी बमलाई हिजो...
काठमाडौंः उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले संघीयता अनुकुलको कानुन र संरचना निर्माणमा केन्द्रित हुनु परेकाले सरकारको कामले गति लिन नसकेको स्पष्ट पारेका छन्।
उपप्रधानमन्त्री पोखरेलले संवैधानिक व्यवस्था अनुसार कानुन र संरचना तयार हुनेवित्तिकै सरकारको कामले तीव्रता पाउने प्रष्टयाए। शुक्रबार काठमाडौंको भृकुटीमण्डपमा आयोजित ‘वृहत कर्णाली प्रर्दशनी’को उद्घाटन गर्दै उनले विनाभेदभाव कर्णाली प्रदेशको विकासमा लागि पर्ने प्रतिवद्धता पनि व्यक्त गरे।
त्यस अवसरमा उपप्रधानमन्त्री पोखरेलले विकास, निर्माणको काममा प्रतिस्पर्धा गरेर अघि बढ्न पनि सबै राजनीतिक दलहरुलाई आह्वान गरे। उनले कर्णाली प्रदेशलाई ‘सुन सिरानी हालेर नुनको खोजी गरिरहेको’ प्रदेशको रुपमा चित्रण गर्दै अब त्यहाँको विकासमा सबै राजनीतिक दलहरुले प्रतिस्पर्धा गरेर अघि बढनुपर्ने आवश्यक्ता पनि औंल्याए।
३ दिनसम्म चल्ने प्रर्दशनीमा कर्णाली अंचलका बहुमूल्य जडिबुटीहरु, मार्सी धानको चामल, लोक्ताको कपडा, स्याउ, सिमीलगायतका बस्तुहरु राखिएका छन्। कर्णाली अंचलको महत्व काठमाडौंमार्फत् देशभर बुझाउने उद्देश्यले आयोजना गरिएको सो प्रर्दशनीमा मुलुकको समृद्धिमा कर्णाली प्रदेशले दिन सक्ने योगदान समेटिएको पुस्तकहरु पनि राखिएका छन्।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।