समाज

प्रहरीको गोली लागि पत्रकार घाइते भएको घटना छानबिन गर्न माग

File Photo
फागुन ३, २०७५

    काठमाडौं : नेपाल पत्रकार महासंघले आफ्ना झापा शाखा सदस्य सुनिरा मैनालीलाई प्रहरीको गोली लागि घाइते भएको घटनाबारे छानबिन गर्न माग गरेको छ।

    महासंघका महासचिव रमेश विष्टले शुक्रबार विज्ञप्ति जारी गर्दै सुरक्षामा खटिएका प्रहरीले पत्रकार मैनालीमाथि लापरवाही तरिकाले गोली हानेको भन्दै घटनाको छानबिन गरी दोषीमाथि कारवाही गर्न माग गरेका हुन्।

    उनले घाइते पत्रकार मैनालीको उपचारको व्यवस्था मिलाउन सम्बन्धित निकायसँग समेत माग गरेका छन्। बिर्तामोडस्थित रेडियो विराटमा कार्यरत पत्रकार मैनालीको गत बुधबार झापाको लक्ष्मीपुर चोकमा चिया पसलमा बसिरहेको अवस्थामा सुरक्षामा खटिएका प्रहरीले चलाएको गोली पत्रकार मैनालीको खुट्टामा लागी घाइते भएका थिए।

    यसैबीच महासंघका अध्यक्ष गोविन्द आचार्यको टोलीले घटनाका सम्बन्धमा पूर्वाञ्चल प्रहरी प्रमुख केदार रिजाल, झापा जिल्ला प्रहरी प्रमुख भीमप्रसाद ढकाल, गृह मन्त्रालयका पदाधिकारीलगायतसँग छलफल गरी सो घटनाका सम्बन्धमा निष्पक्ष छानबिन गर्न माग गरेको महासचिव विष्टले जानकारी गराएका छन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]