काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता...
पर्सा : नेपाली कांग्रेसका कोइराला परिवारका शीर्ष तीन नेताले पार्टीमा गुट उपगुटले गस्त भएको बताएका छन्। गत निर्वाचनमा पार्टीको पराजयको मूल कारण पनि पार्टी भित्रको गुट उपगुट नै भएको उनीहरूको भनाइ छ। उनीहरूले शनिबार वीरगन्जमा भएको गिरिजाप्रसाद कोइराला फाउण्डेशनले गरेको स्व. गिरिजा प्रसादको जीवनीमा आधारित फोटो प्रदर्शनी र विचार गोष्ठीमा यस्ताे बताएका हुन्।
कांग्रेसका महामन्त्री शशांक कोइरालाले नेपाली कांग्रेस गुट उपगुटले ग्रस्त भएको बताए। पहिले पार्टीभित्र सुधार नगरी एक भएर अगाडि बढ्न नसकिने उनको भनाइ छ। उनले भने, 'पहिले पार्टी सुधारौं अनि मात्र हामी अगाडि बढ्न सक्छौं।' उनले पार्टीको शीर्षस्थानको जिम्मा पाए आफू त्यसाे गर्न तयार रहेको दावी गरे। गत निर्वाचनमा नेपाली कांग्रेस हारेको नभई आफ्नै साथीहरूको कारण हारेको उनको तर्क छ।
पार्टीको गुटको राजनीति अन्त्यका लागि पटक पटक सभापतिलाई आफूले भन्दा पनि त्यो सुनुवाई नभएको महामन्त्री कोइरालाको भनाइ छ। कोइराला परिवारका तीन शीर्ष नेता सहभागी कार्यक्रममा अर्का नेता कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले पनि अब तदर्थवादमा पार्टी अगाडि बढ्न नसक्ने दावी गरे। कांग्रेसको भविष्य अब पुराना नेताबाट मात्र नहुने उनको तर्क छ। तर आफूलाई भने सत्तरी बर्षको भए पनि कामको आधारमा युवाभन्दा बढी काम गर्न सक्छु भन्ने दलिल गर्न चुकेनन्।
नेपाली कांग्रेसका व्यक्तिवादी चरित्र र स्वार्थीपन नेता कार्यकर्तामा हावी भएको उनले बताए। ‘व्यक्तिवादी चरित्र, स्वार्थीपना, जातीयता र सांप्रदायिक संस्कार कांग्रेसको राजनीतिक संस्कार हाेइन।' उनले यस्तो संस्कार पार्टी भित्रका अधिकांशले छाड्नुपर्ने तर्क गरे। कांग्रेसजनले विपी, गिरिजा र गणेशमान तथा किशुनजी जस्तो राजनीतिक संस्कारमा हिड्नुपर्छ उनले वीरगन्जमा भेला भएका नेता कार्यकर्ता सामु बताए।
नेता शेखरले वर्तमान सरकारको आलोचना गर्दै निर्मला हत्या काण्डको मतियार बालुवाटारभित्र रहेको दावी गरे। वर्तमान सरकारले एक वर्षको समयमा उपलब्धि गरेको परिणाम शुन्य रहेको नेता शेखरको दावी छ। उनले मुलुकमा भ्रष्टाचार, वेथिति, बढेको र न्यायालय पछि अब कम्युनिष्ट सरकार नेपाली सेनालाई कमजोर पार्न लागेको बताए।
कांग्रेस नेतृ सुजाता कोइरालाले कांग्रेसभित्र हल्ला भएजस्तो कोइराला नेताहरुमा वेमेल नभएको बताइन्। बाहिर चलाइएको हल्ला जस्तो हामीमा केही फुट छैन। 'हामी सबै एक छौं' उनले भनिन्। अब पार्टी बनाउन पनि एक भएर मात्र सम्भव छ उनले अझ तर्क गरिन्। वर्तमान दुइतिहाइको सरकारलाई सही बाटोमा ल्याउन र संघीयता मास्न नदिन कांग्रेस वाहेक अरु कसैले नसक्ने उनीहरूको भनाइ छ।
संघीयता धरापमा पार्ने खेल पनि सुरु भएको भन्दै यो सरकारका बारेमा कोइराला नेताहरूको मत नकारात्मक मात्र सार्वजनिक भएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।