राजनीति

प्रचण्ड र नेपालको शब्द लिएर कांग्रेसको भिडियो !

फागुन ६, २०७५

    काठमाडौं : नेपाली कांग्रेसका प्रवक्ता विश्‍वप्रकाश शर्माले सरकारको एक वर्षे कार्यकालको सम्बन्धमा भिडियो विज्ञप्ति सार्वजनिक गरेका छन्। उनले पार्टीको तर्फबाट नौ मिनेट लामो भिडियो विज्ञप्ति सार्वजनिक गरेका छन्।

    आइतबार जारी विज्ञप्तिमा सरकारका विषयमा पूर्वप्रधानमन्त्रीद्वय पुष्पकमल दाहल 'प्रचण्ड' र माधवकुमार नेपालका साथै राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न समारोहमा बोलेका शब्द उल्लेख गरिएको छ। नेपालले संसदमा बोलेमो मेरो देश डुब्न थाल्यो…, प्रचण्डको अर्को माओवादी जन्मन सक्छ भन्ने विषय र राष्ट्रपतिले भने भ्रष्टाचार संस्थागत भएको छ भन्ने सुन्न आएको छ भन्ने वाक्य उल्लेख गरेको छ।

    प्रवक्ता शर्माले आफ्नो भिडियो विज्ञप्तिमा बितेको एक वर्षमा सरकारले विश्‍वास कहाँ कहाँ तोड्यो भन्ने विषयलाई औल्याएका छन्। राज्यसँग नागरिकको एक अपेक्षा मात्रै हुँदा विश्‍वास हुने भए पनि सरकारले विश्‍वास नै कायम गर्न नसेको उल्लेख गरेका छन्।

    मधेश आन्दोलन, मूल्य वृद्धि, बुढीगण्डकी, निर्मला पन्त, वाइडबडी विमान, सरकारले घोषणा गरेको सामाजिक सुरक्षा योजनाको विषयमा उल्लेख गरिएको छ। सामाजिक सुरक्षा कांग्रेस नेतृत्वको सरकारले गरेको काम भएको दाबी भिडियोमा गरिएको छ। मूल्य वृद्धिले सगरमाथाको आरोहण गरेको र सरकारप्रतिको विश्‍वास केचनाको ओह्रालो झरेको टिप्पणी गरिएको छ। तर राष्ट्र बैंकको तथ्यांकअनुसार चालु आर्थिक वर्षको छ महिनामा मूल्य वृद्धिदर ४.६ प्रतिशत रहेको छ। गत वर्षको सोही समयमा चार प्रतिशत मात्रै रहेको थियो।

    यस्तो छ शर्माले जारी गरेको भिडियो विज्ञप्ति

    भिडियो : एसिया संसार

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]