काठमाडौं : कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा बुधबार मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। म...
हेटौँडा : रेडियो थाहा सञ्चार ९९.६ मेगाहर्जले १२ औं वार्षिकोत्सवको सन्दर्भ पारेर सोमबार हेटौंडामा व्याग तथा स्टेशनरी सामग्री सहयोग गरेको छ। हेटौंडा–१० स्थित संस्कृत वेद विद्यालयमा अध्ययनरत् २१ जना विद्यार्थीलाई व्याग तथा स्टेशनरी सामग्री सहयोग गरिएको हो। रेडियोका सञ्चालक तथा समाजसेवी अजेयराज सुमार्गीले विद्यालयका पण्डित तथा व्यवस्थापन समिति अध्यक्ष प्रेमनाथ पराजुलीलाई व्याग तथा स्टेशनरी सामग्री हस्तान्तरण गरेका थिए।
व्याग तथा स्टेशनरी सामग्री वितरण गर्दै सुमार्गीले विद्यालयले वैद्धिक सनातन भाषाको पढाई गरेर आफ्नो धर्म र संस्कृत जोगाउन काम गरेकोभन्दै खुशी व्यक्त गरे। सुमार्गीले विद्यालयका लागि आवश्यक सहयोग गर्न सदैव आफू र रेडियो थाहा सञ्चार तयार रहेको बताउँदै पछिल्लो समयमा वैद्धिक सनातन भाषा तथा धर्मप्रति विश्वास र आस्था समेत बढिरहेको बताए।
विद्यालयका पण्डित तथा व्यवस्थापन समिति अध्यक्ष प्रेमनाथ पराजुलीले देशमा वैद्धिक सनातन भाषाको बारेमा पढाउन धेरै गाह्रो अवस्था रहेको बताए। उनका अनुसार देशमा भएको विभिन्न कालखण्डमा पढाउनै मुस्किल भए पनि हाल वैदिक सनातन भाषाको बारेमा अध्ययन गराउन अनुकुल वातावरण सिर्जना भइरहेको बताए।
रेडियो थाहा सञ्चार हेटौंडाका स्टेशन म्यानेजर मणिराज गौतमका अनुसार सप्ताहव्यापी कार्यक्रमअन्तर्गत् मंगलबार अन्तिम दिन सम्मान कार्यक्रम रहेको छ। रेडियोले थाहा वर्ष व्यक्तिको रुपमा दुईजनालाई सम्मान गर्ने कार्यक्रम रहेको उनले जानकारी दिए।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।