समाज

११ हजार ८३ जना नासु र खरिदारको समायोजन, हेर्नुहोस् नाम

फागुन ७, २०७५

    काठमाडौ :  सरकारले ११ हजार ८३ जना नायव सुब्बा र खरिदारको समायोजन सूची सार्वजनिक गरेको छ ।

    सोमबार साँझ सार्वजनिक गरेको सूचीमा नायव सुब्बा र खरिदार गरी ११ हजार ८३ जनाको सूची सार्वजनिक गरेको हो । समायोजित कर्मचारीको सूची समायोजन डट जीओभी डट एनपीमा हेर्न मिल्ने गरी राखिएको छ।

    जसमध्य ६ हजार चार सय ७७ जना नायव सुब्बा र चार हजार ६ सय ६ जना खरिदारको समायोजन भएको छ।  समायोजन भएका नायव सुब्बामध्ये सामान्य प्रशासनतर्फ ५ हजार ८ सय २ रहेका छन् भने राजश्व तर्फ ६ सय ७५ जना रहेका छन्।

    जसमध्ये सामान्य प्रशासनतर्फ तीन हजार ३ सय १० जनाले सङ्घ, एक हजार एक सय ५९ जनाले प्रदेश र एक हजार तीन सय ३३ जनाले स्थानीय तह रोजेका छन्। त्यस्तै समायोजन भएका प्रशासन सेवा सामान्य प्रशासन समूहका चार हजार ६ सय ६ जना खरिदारमध्ये सङ्घमा तीन हजार एक सय १४, प्रदेशमा तीन सय ७८ र एक हजार एक सय १४ जनाले स्थानीय तह रोजेका छन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]