समाज

जुम्लामा  हिमपात, तापक्रम माइनस १.५ डिग्री

फागुन ७, २०७५

    जुम्ला : रातिदेखिको हिमपातले जिल्लाको जनजीवन कष्टकर बनेको छ। पटक–पटक वर्षातसँगै भएको हिमपातले चिसो बढेपछि जनजीवन कष्टकर बनेको हो। पाँचौ पटकको हिमपातसँगै न्यूनतम  तापक्रम माइनस १.५ डिग्री सेल्सियस पुगेको छ। अधिकतम तापक्रम १४ दशमलव ८ डिग्री सेल्सियसमा झरेको छ। 

    हिउँ जमेर कारण हवाइ  र स्थल यातायात अवरुद्ध हुँदा स्थानीयको आवागमनसमेत रोकिएको छ। जुम्ला विमानस्थलमा बाक्लो हिउँ जमेपछि  हवाइ सेवा सञ्चालनमा आउन सकेको छैन। जुम्लादेखि  कालिकोट, सुर्खेत, नेपालगञ्ज जाने  यातायात सेवा बन्द हुदा यात्रुलाई समस्या भएको छ। कालिकोट जान लागेकी निरु उपाध्यायले भनिन्, ‘गाडीको टिकट लिइयो।  हिउँले सडक अवरुद्ध  हुँदा  समस्या भयो।’ 

    किसानहरू भने  हिउदे बाली सप्रने  आशामा अत्यधिक खुशी भएका छन् ।  हिउँले जमिनमा चिस्यान ल्याउने र स्याउ बगैँचाका लागि राम्रो हुने बताइन्छ। हिमपातले चिसो बढेसँगै  रुघाखोकी,  दम  जस्ता समस्या  देखा पर्ने भएकाले सतर्कता अपनाउन कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले आग्रह गरेको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]