विश्व

ह्वाइट हाउसले भन्यो : अमेरिका-चीन व्यापार वार्ता मंगलबारदेखि

फागुन ७, २०७५

    संयुक्तराज्य अमेरिका र चीनबीच करवृद्धिको विवाद अन्त्य गर्नेगरी व्यापार वार्ता वासिंटनमा मंगलबारदेखि सुरु हुने ह्वाइट हाउसले घोषणा गरेको छ।

    बेइजिङमा यसअघि भएको वार्ता विनासहमति टुंगिएको थियो। तर, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वार्ता 'अत्यन्त सकारात्मक' रूपमा अघि बढेको बताउँदै आगामी मार्च १ तारिखको समयसीमा बढाउन आफू तयार रहेको जानकारी गराएका थिए।

    मंगलबारदेखि हुने वार्तामा अमेरिकी टोलीको नेतृत्व व्यापार प्रतिनिधि रोबर्ट लाइटिजरले गरेका छन् भने वार्तामा अर्थमन्त्री स्टिफेन मचिन, वाणिज्यमन्त्री विल्बर रोस, आर्थिक नीति सल्लाहकार ल्यारी कड्लो तथा व्यापार सल्लाहकार पिटर नाभारो सहभागी हुनेछन्।

    चीनको वाणिज्य मन्त्रालयले चिनियाँ पक्षको नेतृत्व उपप्रधानमन्त्री लिऊ हेले गरेका छन्।

    गत शुक्रबार राष्ट्रपति ट्रम्पले वार्तामा सकारात्मक नतिजा आउने सम्भावना देखिए २०० अर्ब अमेरिकी डलर बराबरका चिनीया सामानमा तत्कालै २५ प्रतिशत करवृद्धि नगरिने दोहोर्‍याएका छन्।

    अमेरिकी प्रविधि चोरी भएको, चिनियाँ बजार पश्चिमा मुलुकका लागि पर्याप्त रुपमा खुला नभएको तथा चीनले अमेरिकी रोजगार खोस्न चिनियाँ कम्पनीलाई बढी छुट र अनुदान दिएको अमेरिकाले आरोप लगाउँदै आएको छ।

    विश्व अर्थतन्त्रमा पहिलो र दोस्रो स्थानमा रहेका अमेरिका र चीनबीचको व्यापार युद्धले विश्व आर्थिक वृद्धि र बजारमा ठूलै हलचल ल्याएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]