समाज : सुरक्षा/अपराध

लागुऔषधसहित तीन भारतीय नागरिक पक्राउ

फागुन ७, २०७५

    काठमाडौं : प्रहरीले रौतहट र सर्लाहीबाट विभिन्न प्रकारका लागुऔषधसहित मंगलबार तीन जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।

    रौतहटबाट पक्राउ पर्नेमा विहार पूर्वीचम्पारण थाना घोडासन पोष्ट बनकटवा ग्राम बकुलिया ५ का २६ वर्षीय मोहमद कलीमुल्लाह र सोही स्थानका २० वर्षीय मोहमद हैदर रहेका छन्। त्यस्तै सर्लाही पर्सा गाउँपालिका ४ बाट भारत सीतामढी पंचायत ३ बिहारका २३ वर्षीय बजरंगी शर्मा रहेका छन्।

    उनीहरूको साथबाट प्रहरीले ठूलो मात्रमा फेनारगन, डाइजोल्यब, नोर्फिन इन्जेक्सन र नाइट्रोभेट ट्याब्लेट बरामद गरेको प्रदेश २ का प्रहरी निरीक्षक मधु नेपालले जनाए। उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]