राजनीति

निर्वाचन सञ्चालन कार्यतालिकाको व्यवस्था गर्न आयोगको आग्रह

File Photo
फागुन ७, २०७५

    काठमाडौं : निर्वाचन आयोगले निर्वाचन संचालन कार्यतालिकाको व्यवस्था गर्न सरकारसँग आग्रह गरेको छ।

    प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले आवधिक निर्वाचनलाई अझै स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन निर्वाचन संचालन कार्यतालिकाको व्यवस्था गर्न सरकारलाई आग्रह गरेका हुन्। उनले निर्वाचन सम्पन्न गराउने कामलाई अझै व्यवस्थित बनाउने गरी निर्वाचनको लागि आवश्यक कानुन, ऐन र प्रविधिमा सुधार ल्याउन पनि सरकारको गम्भीर ध्यानाकर्षण गराए। तेस्रो निर्वाचन दिवसको अवसर पारेर मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले विदेशमा रहेका मतदाताहरूलाई मतदान गर्ने उचित व्यवस्था गर्नुपर्ने आवश्यकता पनि औंल्याए।

    निर्वाचन आयोगले २०१५ साल फागुन ७ गते नेपालमा पहिलोपटक आम निर्वाचन भएको दिनको स्मरण गर्दै विगत ३ वर्षयता निर्वाचन दिवस कार्यक्रम आयोजना गर्दै आएको छ। कार्यक्रममा राष्ट्रपति विद्या भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, मन्त्रीहरू, विभिन्न राजनीतिक दलका नेताहरू, संवैधानिक अंगका प्रमुखहरूलगायतको उपस्थिति रहेको थियो।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]