छापा

गण्डकी प्रदेशका पाँच मन्त्रीले लिए इन्धनमा दोहोरो सुविधा

फागुन ८, २०७५

    कास्की : गण्डकी प्रदेशका पाँच मन्त्रीले इन्धनका लागि सरकारबाट पाएको रकम खल्तीमा हालेर गाडीमा भने मन्त्रालयलको तेल भर्ने गरेको खुलेको छ। सरकारबाट इन्धनबापतको रकम लिएर पनि मन्त्रीहरुे गाडीमा मन्त्रालयबाटै तेल भर्दै आएको रिपोर्ट सार्वजनिक लेखा समितिमा पुगेको हो।

    मन्त्रीहरुले इन्धनमा दोहोरो सुविधा लिएको सूचना पाएपछि माघ १५ मा सार्वजनिक लेखा समितिको बैठकले सबै मन्त्रालयललाई सात दिनभित्र रिपोर्ट पेस गर्न निर्देशन दिएको थियो। लेखाको निर्देशनअनुसार मन्त्रालयलहरुले चालु आर्थिक वर्षको सात महिनाको रिपोर्ट पेस गरेको समाचार नयाँ पत्रिका दैनिकमा छ।

    आर्थिक मामिला मन्त्री किरण गुरुङ, भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेत, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापा, आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमान र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले दोहोरो सुविधा लिएको रिपोर्ट मन्त्रालयले लेखामा बुझाएको नेकपाका एक सांसदले बताए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]