राजनीति

सरकारले गर्‍याे पाँच सचिवको सरुवा, काे कहाँ पुगे

फागुन ८, २०७५

    काठमाडौं : सरकारले पाँच सचिवको सरुवा गरेको छ ।

    मन्त्रिपरिषद्को बैठकले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव कृष्ण प्रसाद देवकोटा, युवा तथा खेलकुद मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटा, खानेपानी मन्त्रालयका सचिव गजेन्द्र कुमार ठाकुर, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको अतिरिक्त समूहमा रहेका सचिव दीपेन्द्र नाथ शर्मा र रक्षा मन्त्रालयका सचिव विष्णु प्रसाद लम्साललाई सरुवा गरेको हो।

    स्रोतका अनुसार  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव कृष्ण प्रसाद देवकोटालाई युवा तथा खेलकुद मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटालाई पर्यटन मन्त्रालयमा सरुवा गरिएको छ। त्यस्तै  खानेपानी मन्त्रालयका सचिव गजेन्द्रकुमार ठाकुरलाई नेपाल ट्रस्टमा र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको अतिरिक्त समूहमा रहेका सचिव दीपेन्द्र नाथ शर्मालाई खानेपानी मन्त्रालयमा सरुवा गरिएको हो।

    त्यसैगरी रक्षा मन्त्रालयका सचिव विष्णु प्रसाद लम्सालको पनि सरुवा भएको छ। लम्सालको ठाउँमा प्रधानमन्त्री कार्यालयका सचिव रेश्मीराज पाण्डेलाई पठाइएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]