छापा

भारतले ढुवानी लाइसेन्स नदिँदा नेपालीको साढे तीन अर्ब जोखिम

फागुन ९, २०७५

    काठमाडौं : भारतले ग्यास ढुवानी गर्ने लाइसेन्स नदिँदा नेपाली व्यवसायीहरुको साढे तीन अर्ब रुपैयाँ अलपत्र परेको छ। 

    नेपाल एलपी ग्यास उद्योग संघका अनुसार दुई वर्षको अवधिमा करिब साढे तीन अर्ब रुपैयाँ अलपत्र परेको हो। सरकारले करिब दुई वर्षअघि नेपाली व्यवसायीले पनि ग्यास बुलेट खरिद गर्न र त्यसबाट ढुवानी गर्न पाउने व्यवस्था गरिदियो। ७७५ बुलेटको अनुमति दियो। व्यवसायीले भारतको दिल्ली, बरौदा, पुणे र हरियाणालगायत सहरमा बुलेट बनाउन थाले।

    पुस २४ मा ना ७ ख ९२७ र ना ७ ख ९२८ नम्बरको बुलेट भित्र्याएको समाचार कान्तिपुर दैनिकमा छ। भारतमै अडैर गरेर थप ५३ वटा बुलेट ल्याउन तयारी अवस्थामा छन्। ४०९ बुलेट बुकिङ गरिसके। १५ वटा बुलेटका चेसिस भन्सार नाकामा रोकिएका छन्। एउटाको ७० लाखका दरले ४७९ बुलेटमा व्यवसायीको साढे तीन अर्ब रुपैयाँ जोखिमा परेको हो।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]