खेलकुद

विश्वकप खेल्ने नेपाली चेलीको सम्भावना जीवितै, युएई ७ विकेटले पराजित

फागुन १०, २०७५

    काठमाडौं :  आइसिसी महिला टी–२० एसिया क्षेत्रीय छनोटमा नेपालले युएईलाई ७ विकेटले हराएको छ।  थाइल्याण्डको बैंककमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको युएईले दिएको ४२ रनको चुनौती नेपालले ३ विकेट गुमाएर पूरा गर्‍यो।  पहिले व्याटिङमा आएको युएईले १७ दशमलब ३ ओभरमा ४१ रन मात्रै बनाउन सक्यो। युएईकी चामिनी सेरेभिरान्ताको १३ रनबाहेक अन्य कुनै व्याट्सम्यानले दोहोरो अंक बनाउन सकेनन्

    युएईको इनिङ ध्व्सत बनाउन नेपाली बलर नेरी थापाले ४ विकेट लिइन भने सरिता मगर, कविता कुँवर र सोनु खड्काले समान दुई दुई विकेट लिए। जवाफी व्याटिङ गरेको नेपालले १० दशमलब २ बलमा ३ विकेट गुमाएर भेट्टायो। नेपालका लागि ओपनर काजल श्रेष्ठले १५ रन बनाइन् भने सरिता रानामगर ६ रनमा आउट हुँदा अप्सरा बेगम शून्यमा पेभिलिएन फर्किइन्।

    नेपालकी रुविना क्षेत्रीले १८ रनको नटआउट पाली खेलिन्। यो जीतसँगै नेपालको विश्वकप खेल्ने सम्भावना जिवितै रहेको छ। नेपालले पहिलो खेलमा मलेसियालाई ३४ रनले हराएको थियो भने दोस्रो खेलमा थाइल्याण्डसँग ५७ रनले हारेको थियो। नेपालले अब अर्को खेल आइतबार हङकङसँग खेल्नेछ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]