खेलकुद

मेसीले पूरा गरे ५० औं ह्याट्रिक, उपाधि नजिक बार्सिलोना

फागुन १२, २०७५

    स्पेनिस ला लिगा फुटबलमा साविक च्याम्पियन बार्सिलोना पुन एकपटक उपाधि नजिक पुगेको छ। शनिबार भएको खेलमा बार्सिलोना आफ्ना स्टार स्ट्राइकर लियोनेल मेसीको शानदार ह्याट्रिकमा अर्को बलियो प्रतिद्वन्द्वि सेभिल्लालाई ४–२ ले पराजित गर्दै दोस्रो स्थानको एथ्लेटिको म्याड्रिडसँग १० अंकको अग्रता बनाउन सफल भएको छ।

    लियोनल मेसीले ह्याट्रिक गरेपछि बार्सिलोनाले सेभिल्लालाई पराजित गरेको हो। यस्तै लुइस स्वारेजले एक गोल गरे। सेभिल्लाका जेसस नाभास र गाब्रियल मेर्काडोले गोल गरेका थिए। खेलमा सेभिल्लाले दुई पटकको अग्रता जोगाउन असफल भएको थियो। खेलको २२ औं मिनेटमा नाभासले गोल गर्दै सेभिल्लालाई अग्रता दिलाए। २६ औं मिनेटमा मेसीले गोल गर्दै बार्सिलोनालाई खेलमा फर्काए। खेलको ४२ औं मिनेटमा मेर्काडोले गोल गर्दै सेभियालाई २–१ को अग्रता दिलाए।

    दोस्रो हाफमा बार्सिलोनाले उत्कृष्ट पुनरागमन गर्यो। खेलको ६७ औं मिनेटमा मेसीले व्यक्तिगत दोस्रो गोल गरेपछि खेल २–२ को बराबरीमा पुग्यो। खेलको ८५ औं मिनेटमा मेसीले तेस्रो गोल गर्दै टिमलाई अग्रता दिलाए। ह्याट्रिकसँगै मेसीले करिअरको ५० औं ह्याट्रिक पुरा गरे। साथै मेसीले सेभिल्लाविरुद्ध २६ गोल गर्न समेत सफल भए। त्यसपछि खेलको ९० औं मिनेटमा स्वारेजले बार्सिलोनालाई ४–२ को जित दिलाए।

    जितसँगै बार्सिलोनाले शीर्ष स्थानको अग्रता १० अंकको बनाएको छ। बार्सिलोनाले २५ खेलबाट ५७ अंक जोडेको छ। दोस्रो स्थानको एट्लेटिको मड्रिडको ४७ अंक छ। सेभिल्ला ३७ अंकसहित पाँचौ स्थानमा रहेको छ। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]