खेलकुद

महिला क्रिकेटमा कुबेतमाथि नेपालको ३० रनको जित

फागुन १५, २०७५

    काठमाडौंः आइसीसी टी–२० महिला विश्वकप क्रिकेटअन्तर्गत एसिया क्षेत्र छनोटमा आज नेपालले आफ्नो अन्तिम खेलमा कुबेतलाई ३० रनले पराजित गरेको छ। थाइल्यान्डको बैंककमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले कुवेतसामु जितका लागि १ सय १७ रनको लक्ष्य प्रस्तुत गरेको थियो।

    जवाफी ब्याटिङ गरेको कुवेतले निर्धारित ओभरमा अलआउट हुँदै मात्रै ८६ रन बनाउन सक्यो। नेपालकी विन्दु रावल सर्वाधिक २८ रनमा अविजित रहिन्। त्यस्तै रुविना क्षेत्री २२, नेरी थापा १९, काजल श्रेष्ठले १८ रनको योगदान दिइन्।

    कुवेतलाई सस्तैमा समेट्न नेपालकी रुविना र करुना भण्डारीले समान ३÷३ विकेट लिइन भने नेरी थापा र कविता कुँवरले १÷१ विकेट लिइन। ७ राष्ट्र सम्मिलित प्रतियोगितामा नेपालले पाँच जित हात पारे पनि ग्लोबल क्वालिफायर पुग्ने सम्भवना भने लगभग सकिएको छ।

    एक खेल खेल्न बाँकी रहेको थाइल्याण्ड र नेपालको समान १० अंक भएको छ। तर थाइल्याण्डको रनरेट नेपालको भन्दा राम्रो छ । र आजै थाइल्याण्डले युएईसँग खेल्नेछ। उक्त खेल जितेमा थाइल्याण्ड अपराजित रहँदै ग्लोबल क्वालिफायर पुग्नेछ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]