धनगढी : नेकपा एमालेनिकट अनेरास्ववियुकी नेतृ राजमती उर्फ रक्षा बमलाई पक्राउ गरिएको छ। अनेरास्ववियुको स्थायी कमिटी सदस्यसमेत रहेकी बमलाई हिजो...
राष्ट्रिय शोक पनि कारक
धनगढी : सुदूरपश्चिम प्रदेशसभाको बिहीबारको बैठक स्थगित भएको छ। बिषय नैं नभएपछि बैठक स्थगित गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ। विधायन तथा प्रदेश मामिला समितिले प्रतिवेदन सहित तयार गरेको ‘प्रदेश सभा सचिव तथा सचिवालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५’ आजको प्रदेश सभामा पेस नहुने भएपछि बैठकले बिजनेस नपाएको हो।लगातार तीन पटक सम्म गणपुरका सङ्ख्या नपुगेर समितिको बैठक स्थगित भएको थियो। सभापतिले ह्वीप जारी गरेपछि सोमबार सत्तारुढ दलका सबै सदस्य उपस्थित भए । सोमबार प्रतिवेदन तयार भयो तर त्यसमा प्रमुख प्रतिपक्षीले असहमति जनाएपछि त्यो प्रतिवेदन संसद्मा पेस हुन सकेको थिए।
‘मङ्गलवार समितिको प्रतिवेदन सहितको विधेयक पेस गर्ने छलफल भएको थियो तर कार्यब्यवस्था परामर्श समितिले नगर्ने निर्णय गर्यो। त्यही विधेयक आज पेस गर्ने गरी बैठक आह्वान गरिएको थियो । आज पनि प्रतिवेदन तयार भएन त्यसैले बैठक बस्न सकेन ’ सचिवालयका सचिव शर्माले जानकारी दिए। बैठक स्थगित गर्नुको अर्को कारण राष्ट्रिय शोक पनि भएको उनले बताए।
दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अधिकारीसहित नागरिक उड्डयन प्राधिकरणका उप महानिर्देशक वीरेन्द्र श्रेष्ठ, उपसचिव युवराज दाहाल, पर्यटन व्यवसायी तथा यती एयरलाइन्सका अध्यक्ष आङछिरिङ शेर्पा, नागरिक उड्डयन प्राधिकरणका निर्देशक ध्रुव भोछिभोया, पाइलट प्रभाकर केसी र मन्त्री अधिकारीका अङ्गरक्षक घिमिरे गरी सबै ७ जनाको निधन भएको थियो।
सचिवालयका सचिव शर्माले भने, ‘केन्द्र सरकारले नै शोक बिदा दिएको छ त्यसका कारण पनि बैठक स्थगित गरिएको हो।’ आज ११ः३० बजे बस्ने भनिएको प्रदेश सभाको ११ औँ बैठक सूचना टाँस गरी २१ गते दिउँसो १ बजे सम्मका लागि स्थगित गरिएको हो।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।