समाज

मुस्ताङमा हिमपातः यातायात बन्दले दैनिकी कष्टकर, पठन-पाठन प्रभावित

फागुन १६, २०७५

    पर्वत : वर्षाका कारण बढेको चिसोको कारण हिमालपारिको जिल्ला मुस्ताङमा भइरहेको हिमपातले त्यहाँको जनजीवन कष्टकर बनेको छ। सोमबारदेखि मुस्ताङमा भइरहेको यस पटककाे हिमपात आठौँ पटकको हिमपात हो। 

    तल्लो मुस्ताङमा पर्ने ठिनी, सदरमुकाम जोमसोम, लेते, कोवाङ, चिमाङ, स्याङ, मुक्तिनाथ, कागबेनी, छुसाङ, टुकुचे, मार्फा, झोङ, छेङगुर, धाकार्जुङ लगायतका ठाउँ र उपल्लो मुस्ताङमा पर्ने छोसेर, छोनुप, लोमान्थाङ, चराङ, घमी, घिलिङ लगायतका ठाउँमा झण्डै ३ फिट भन्दा बाक्लो र तल्लो क्षेत्रमा पर्ने घाँसा, लेते लगायतका स्थानमा झण्डै २ फिट बाक्लो हिउँ जम्मा भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रमुख प्रहरी नायव उपरीक्षक महेन्द्र खड्काले जानकारी दिए।

    ‘बुधबारसम्म हिउँ लगातार पर्‍यो,आज हिउँ परेको छैन। दिउसोमा अलिअलि घाम पनि देख्न पाइयो, तर जमेको हिउँ नपग्लिँदा जनजीवन कष्टकर रहेको छ’ उनले भने। खड्काका अनुसार बिहीबार बिहान मुस्ताङको तापक्रम माइनस १६ डिग्री रहेकोमा दिउसोमा माइनस २ डिग्रीसम्म झरेको छ। हिमपात सँगै यातायात, सञ्चार, इन्टरनेट, विद्युत र खानेपानी सेवा प्रभावित भएका छन्।

    सडकमा बाक्लो हिउँ जमेका कारण मंगलबारदेखि नै सवारी आवागमन बन्द भएको छ भने बिहीबार मुस्ताङबाट निकै कष्टका साथ दुई ओटा जीप बाहिरिएका छन्। यसअगाडिका हिमपातका कारण सडक बन्द हुँदा मुस्ताङमा खाद्यान्न अभाव देखिएकोमा स्थानीयले हिउँ पन्छाएर यातायात सूचारु गराएका थिए। तर मंगलबारदेखिको हिमपातले सडक फेरि बन्द भएको छ भन्ने खाद्यान्न अभाव पनि बढ्दै गएको छ। हिमपातका कारण धार्मिक तथा पर्यटकीय क्षेत्रहरू पनि सुनसान देखिएका छन् भने स्थानीय पनि घर बाहिर निस्कन सकेका छैनन्।

    कतिपय पर्यटक हिमपात हुनुपूर्व नै मुस्ताङ पुगेकोमा उनीहरू समेत फर्किन समस्या भएको छ। हिमपातका कारण हवाई सेवा पनि पूर्ण रुपमा बन्द हुँदा स्थलमार्ग र हवाइमार्गमा चल्नै सबै सवारी साधनहरू बन्द भएका छन्। हिमपातै कारण विद्यालय जाने विद्यार्थीको संख्या पनि निकै न्यून भएको छ। विद्यालय खुलेका भए पनि  विद्यार्थी पढ्न गएका छैनन्। 

    चिसो छल्नका लागि मुस्ताङ जिल्ला भन्दा बाहिर बेँसीमा रहेका जिल्लामा घुम्ती विद्यालय संचालन गरेका ५६ ओटा सामुदायिक विद्यालयमध्ये ३६ ओटाले मुस्ताङ फर्केर नयाँ शैक्षिक सत्रको शुरुवात गरेका थिए। नयाँ शैक्षिक सत्र शुरु भएर धमाधम पढाई हुनुपर्ने भए पनि हिमपातकै कारण विद्यार्थी विद्यालय नजाँदा पठनपाठन प्रभावित भएको छ। 

संजय रेग्मी

रेग्मी थाहा खबरका पर्वत समाचारदाता हुन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]