विश्वमा प्रत्येक दिन एक अर्ब डलरको खाना खेर जाने गरेको छ। बुधबार सन् २०२२ को तथ्यांक प्रस्तुत गर्दै संयुक्त राष्ट्रसंघले खानाको नोक्सानीलाई ...
विगत दुई दिनदेखि आफ्नो नियन्त्रणमा रहेका विंग कमाण्डर अभिन्नदन वर्दमानलाई पाकिस्तानले भारतीय अधिकारीलाई हस्तान्त्रण गरेको छ। भारत-पाकिस्तानको वागा सीमानाकामा कमाण्डर अभिन्नदनलाई भारतीय पक्षलाई हस्तान्त्रण गरिएको भारतीय सञ्चार माध्यमले जनाएका छन्।
केही प्रक्रिया पूरा गरेलगत्तै उनी स्वदेश फिर्ता हुने छन्। उनको स्वागतका लागि हजारौँको संख्यामा भारतीय नागरिक सीमानाकामा पुगेका छन्। अभिनन्दनको स्वागतका लागि उनका बाबुआमा पनि वागामा पुगेका थिए।
इस्लामावादले 'शान्तिको सन्देश' स्वरुप फिर्ता गरेको हो। पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतीय पाइलटलाई भारत फिर्ता गर्ने बिहीबारको संयुक्त संसदमा घोषणा गरेका थिए।
पाइलट अभिनन्दनले उडाएको भारतीय वायुसेनाको एक लडाकू विमान पाकिस्तान नियन्त्रित काश्मिरमा दुर्घटनाग्रस्त भएको थियो। तर प्यारासुटको मद्दतबाट अभिनन्दन सुरक्षित रुपमा पाकिस्तानी भूमिमा ओर्लिएका थिए। उनलाई पाकिस्तानी सेनाले नियन्त्रणमा लिएको थियो।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।