समाज

आज र भोलि मेघगर्जनसहित पानी पर्ने

फागुन १८, २०७५

    काठमाडौं : शनिबार देशका अधिकांश स्थानको मौसम बदली भई देशका धेरै ठाउँमा मेघगर्जनसहित पानी पर्ने भएको छ। काठमाडौ उपत्यकामा दिउँसो मौसम बदली भइ पानी पर्ने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    मौमसविद् मीनकुमार अर्यालका अनुसार काठमाडौ‌मा शनिबार र आइतबार दुई दिन मौसम बदली भइ पानी पर्ने सम्भावना छ। देशका पश्चिम र पूर्वका धेरै ठाउँको मौसम बिहानैदेखि बदली हुन सुरु भएको महाशाखाले जनाएको छ।

    पश्चिम र पूर्वका अधिकांश ठाउँमा दुई दिन पानी पर्ने अर्यालको भनाइ छ। देशका अधिकांश पहाडी र हिमाली भागमा हिमपातको पनि सम्भावना छ। पश्चिमी वायुको प्रभावका कारण देशैभरको मौसम बदली सुरु भएको महाशाखाले जनाएको छ। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]