काठमाडौं : फिफा विश्वकप–२०२६ छनोट अन्तरगत दोस्रो चरणमा आज नेपाली राष्ट्रिय टोलीले बहराइनविरुद्ध दोस्रो लेग खेल्दै छ। बहर...
अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय फुटबल टिमका लागि नयाँ जर्सी र लोगो सार्वजानिक गरेको छ। एन्फाले सोमबार एक कार्यक्रम गर्दै नयाँ लाोगो र जर्सी सार्वजानिक गरेको हो।
एन्फाको लोगो दोस्रो पटक परिवर्तन गरेको हो। यस अघि बिस २०६२-६३ को जनआन्दोलन पछि परिवर्तन गरिएको थियो। तत्कालीन समयमा अहिले रहेको लोगोको मध्यभागमा श्रीपेच रहेको थियो। जसलाई एन्फाले हटाएर फुटबल राखेको थियो।
नेपाली राष्ट्रिय टोलीको नयाँ जर्सी एकै ढाँचाको रहेको छ। यसअघि नेपाली टोलीले फरक फरक कम्पनिको फरक फरक ढाँचाको जर्सी प्रयोग गर्दै आइरहेको भए पनि अब त्यस्तो नहुने उसले जनाएको छ।
नयाँ जर्सी सधैको झैँ रातो र निलो रङमा रहेको छ। यसअघि रहदै आएको जर्सीमा बायाँमा राष्ट्रिय झण्डा थियो। अब उक्त स्थानमा एन्फाको लोगो रहने छ। एन्फाले नयाँ लोगो र जर्सीको लागि गत साउनमा खुल्ला छनोटका लागि आवेदन माग गरेको थियो।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।