छापा

२७ हजार अस्थायी शिक्षकका लागि १० अर्ब

फागुन २१, २०७५

    काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले करिब २७ हजार अस्थायी शिक्षकलाई अवकाश दिन करिब १० अर्ब रुपैयाँ माग गरेको छ। शिक्षक सेवा आयोगको परीक्षामा एकपटक अवसर दिइएका तीन तहका शिक्षकमध्ये अनुत्तीर्ण भएका शिक्षकलाई सुविधासहित विदा दिने व्यवस्था गर्न उक्त रकम माग गरिएको हो।

    नेपाल समाचारपत्र दैनिकमा समाचार छ, शिक्षा तथा मानव स्रोत केन्द्रले अवकाश पाउने शिक्षकको संख्यासहित बजेट माग गरेको थियो। तथ्याङ्कअनुसार सबैभन्दा बढी प्राथमिक तहका शिक्षकले सुविधासहित अवकाश पाउने भएका छन्। पाथमिक तहका २० हजार चार सय ७५ शिक्षकले अवकाश पाउन लागेका हुन्।

    केन्द्रले सुविधाका लागि र शिक्षक सेवा आयोगको परीक्षामा असफल भएका शिक्षकको तथ्यांक संकलन गरेको छ। प्राथमिक तहमा सुविधाका लागि आवेदन दिने शिक्षकको संख्या आठ हजार छ सय ४० रहेको छ। आयोगको परीक्षामा असफल हुनेको संख्या ११ हजार आठ सय ३५ छ।

    मावि तहमा सुविधाका लागि आवेदन दिने शिक्षकको संख्या एक हजार दुई सय ५९ र परीक्षामा असफल हुने अस्थायी शिक्षकको संख्या एक हजार नौ सय ६० गरी तीन हजार दुई सय १९ मावि शिक्षकले सुविधासहित विदा पाउने छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]