काठमाडौं : भारतको गोवाबाट सम्पर्क विहीन भएकी धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालकी छोरी सम्पर्कमा आएकी छन्। ...
काठमाडाैं : गोविन्द वियोगी पत्रकारिता अध्ययन केन्द्र भवन निर्माणका लागि ल्याम पुच: युवा समूहले दुई लाख रुपैयाँ सहयोग गरेको छ।
मंगलबार सम्पादक समाज नेपालले गरेको कार्यक्रममा ल्याम पुच: का महासचिव टंक पन्तले समाजका अध्यक्ष पुरु रिसाललाई सहयोग रकम हस्तान्तरण गरेका हुन्। पत्रकारिता अध्ययन केन्द्रको भवन निर्माणका लागि सहयोग गर्न पाउनु ल्याम पुच:का लागि अवसर भएको महासचिव पन्तले बताए। सम्पादक समाज नेपालले नुवाकोटको सूर्य चौरमा अध्ययन केन्द्र निर्माणा गरिरहेको छ।
भवनका लागि सहयोग गर्ने सहयोगी हातहरूलाई स्वागत गर्दै थप सहयोगका लागि समाजका अध्यक्ष रिसालले आग्रह गरे। भवन निर्माणका लागि अहिलेसम्म १७ लाख २१ हजार सहयोग प्राप्त भइसकेको समाजका महासचिव श्याम डोटेलले जानकारी दिए।
पत्रकारिता अध्ययन केन्द्रको भवन पाँच करोड रुपैयाँको लागतमा निर्माण सम्पन्न हुने समाजले अनुमान गरेको छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।