राजनीति

गृहमन्त्री थापाले भने – निर्मलाको हत्यारा पत्ता लगाएरै छाड्छौँ

फोटो : रासस
फागुन २२, २०७५

    धनगढीः गृहमन्त्री रामबहादुर थापा बादलले कञ्चनपुरकी किशोरी निर्मला पन्तको हत्यारा पत्ता लगाएरै छोड्ने दाबी गरेका छन्। सुदूरपश्चिम प्रदेशमा जारी सुरक्षा गोष्ठीमा सहभागी हुन बुधबार धनगढी पुगेका गृहमन्त्रीले सुरुमा लापरबाही भएको हुँदा अनुसन्धानमा ढिलाइ भएको बताए।

    पत्रकारहरूसँग कुरा गर्दै उनले भने, ‘सुरुमा केही निकायमा लापरबाहीको कारण गर्दा अनुसन्धानमा जटिलता पैदा भएको हो। अहिले अनुसन्धान जारी छ। सकेसम्म छिटो अपराधीहरूलाई कानुनको कठघरामा उभ्याउने छौँ।’

    गृहमन्त्री थापाले विप्लवको गतिविधिप्रति सरकार गम्भीर रहेको पनि बताएका छन्। विप्लप नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई लक्षित गर्दै गृहमन्त्री थापाले भने, ‘केही समूहले यो बिचमा बिष्फोटन र ध्वंसात्मक गतिविधि गरिरहेको छ। यो बारेमा पनि सरकार गम्भीर छ।’ 

    उनले यस्ता गतिविधिहरूमा संलग्नहरूलाई नियन्त्रणमा लिइरहेको बताए। यस्ता गतिविधिमा संलग्नहरूलाई मूलभूत रूपमा नियन्त्रण गरिएको उनले बताए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]