काठमाडौँ : आगामी १५ वैशाखमा उपनिर्वाचन हुन लागेका २ निर्वाचन क्षेत्रमध्ये इलाम–२ अहिले चर्चा र चासोको केन्द्रमा छ। संविधानसभ...
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली शिक्षण अस्पतालमा नियमित स्वास्थ्य परीक्षण गराइरहेका छन्। प्रधानमन्त्रीको उपचार एवं परीक्षण प्राध्यापक डा. अरुण सायमीको संयोजकत्वमा भइरहेको र उनको स्वास्थ्य स्थिति सामान्य रहेको शिक्षण अस्पतालले जनाएको छ।
प्रधानमन्त्री ओली मुटुको नियमित परीक्षणका लागि त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानको मनमोहन कार्डियो थेरासिस भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा परीक्षण गराइरहेका छन् र त्यस क्रममा थप केही परीक्षण गर्न उपयुक्त देखिएकाले अब्जरभेशनमा राखिएको पनि सेन्टरले बताएको छ।
प्रधानमन्त्री ओलीका प्रेस संयोजक चेतन अधिकारीका अनुसार स्वास्थ्य जाँचका लागि बुधबार बिहान प्रधानमन्त्रीलाई अस्पतालमा भर्ना गरिएको हो। नियमित स्वास्थ्य परीक्षणका लागि अस्पतालमा पुगेका उनलाई चिकित्सकहरूले भर्ना गर्न सुझाव दिएपछि अस्पतालमा भर्ना भएको उनले बताए।
पछिल्ला दिनमा कार्य व्यस्तता र पर्यटन मन्त्री रवीन्द्र अधिकारीका साथै पूर्व-उपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको निधनपछि उनी झनै व्यस्त बनेका थिए। धपेडीका कारण उनको स्वास्थ्य सिथिल देखिएका कारण अस्पतालमा भर्ना भएर आराम गर्न चिकित्सकले सुझाव दिएका थिए।
प्रधानमन्त्री अस्पताल भर्ना भएसँगै उनका आजका सबै कार्यक्रम रद्द गरिएको उनको सचिवालयले जानकारी दिएको छ। उनको आज बिहानदेखि नै व्यस्त कार्यसूची थियो। उनी राजधानी र राजधानीबाहिरका सार्वजनिक कार्यक्रममा सहभागी हुने कार्यतालिका रहेको थियो। जुन रद्द गरिएका छन।
यसअघि पनि प्रधानमन्त्री ओलीले उक्त संस्थानमा उपचार गराएका थिए। गत कात्तिकमा उनको स्वास्थमा समस्या देखिएपछि उनलाई अस्पतालमा भर्ना गरिएको थियो। पाँच दिनको उपचारपछि उनको डिस्चार्ज भएको थियो।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।