समाज : सुरक्षा/अपराध

मेयरको डेरामा चोर पस्यो, छाेरीकाे बिहेका लागि राखेकाे दाल चामल पनि लगे

फागुन २३, २०७५

    जनकपुरधाम : जनकपुरधाम उप–महानगरपालिकाको प्रमुख (मेयर) लालकिशोर साहको घरमा चोरीका आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

    जनकपुरधाम उप–महानगरपालिका–४ स्थित कलबार कुटीमा डेरा दिएर बस्दै आएको मेयर लालकिशोर साहको छोरीको विवाहको लागि ल्याएको समानहरु चोरी गरेको आरोपमा दुई जनालाई धनुषा प्रहरीले पक्राउ गरेको हो।

    पक्राउ पर्नेहरुमा धनुषा जिल्ला जनकपुरधाम उप–महानगरपालिका–६ बस्ने २१ वर्षीय विक्की साह र उपमहानगरपालिकाकै –४ वस्ने २० वर्षिय किशन मण्डल रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरिक्षक शेखर खनालले जानकारी दिए। बिवाहको लागि किनेर ल्याई राखेको किराना सामानहरु दाल, चामलको बोरा, घ्यू, ग्यास सिलिण्डरसहितका समान चोरी भएको उजुरीका आधारमा खोजतलास गर्ने क्रममा उनीहरुलाई समानसहित पक्राउ गरिएको हो।

    जनकपुरधाम उप–महानगरपालिका वडा नं. ४ स्थित बिक्की साह आफ्नो डेरा कोठामा लुकाई छिपाई राखेको विशेष सूचनाको आधारमा धनुषा प्रहरी र प्रहरी चौकी जिरोमाईल धनुषाबाट खटिएको प्रहरी टोलीले निज बिक्की साह बस्ने डेराको खानतलासी गर्दा निजको डेराबाट चोरिएका समान बरामद भएको हो। कोठामा लुकाई छिपाई राखेको अवस्थामा कल्वार कुटीबाट चोरी भएको समानहरु चनाको दाल २ बोरा, मुङ्गको दाल १ बोरा, खाने तेल ५ टिन, इन्डिया गेट लेखेको चामल १ बोरा, मस्ति लेखेको काजु ठुलो सानो गरी ३ काटुन, ग्यास सिलिण्डर थान १, ट्रयाक्टरमा सेट हुने ब्याट्री थान १ थान, एलसिडि एक  थान फेला पारेको हो।

    पक्राउ परेका दुवैजनालाई जिल्ला अदालत धनुषाबाट चोरी मुद्दामा मुद्दा दर्ता गरि आवश्यक अनुसन्धान कार्य अगाडि बढाइएको प्रहरी उपरिक्षक खनालले जानकारी दिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]