पाल्पा : जिल्लाको रिब्दिकोट गाउँपालिका १ ख्याहास्थित कराम्दीमा मंगलबार एक किशोरी मृत फेला परेकी छन्। सोही ठाउँकी १९ वर्षीया पद्मा स...
रसुवा : स्वास्थ्यकर्मीमाथि कुटपिट गर्ने एक दम्पतीलाई प्रहरीले पक्राउ गरेको छ। जिल्लाको नौकुण्ड गाउँपालिका २ यार्सास्थित यार्सा स्वास्थ्य चौकीमा कार्यरत नेप्लीसा पुन मगरलाई कुटपिट गरेका दम्पतीलाई शनिबार प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा जिल्लाको नौकुण्ड गाउँपालिका २ यार्साका ५० वर्षीय दावा नेमा तामाङ र उनको श्रीमती ४३ वर्षीय किता रानी तामाङ रहेका छन्।
तामाङको भाइबुहारी गत साउनमा सुत्केरी भएकी थिइन। स्वास्थ्य चौकी ल्याउन सक्ने अवस्था नरहेपछि अ.न.मी मगरको टोलीले घरमै गएर सुत्केरी गराएका थिए। त्यस पश्चात मगरलाई स्वास्थ्य चौकीले उपलब्ध गराउने सुत्केरी भत्ता उपलब्ध गराउन दबाब दिदै आएका थिए। पाउनुपर्ने रकम मगरले लिएको र आफूहरूलाई नदिएको भनि तामाङ दम्पत्तिले गाली गलैज गरी बिहीबार साँझ मगरलाई कुटपिट गरेका थिए।
कुटपिट गरिए पनि मगरको शरीरमा बाहिरी चोट नदेखिएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायव उपरीक्षक सन्तोष तामाङले बताए। नेपाल सरकारले स्वास्थ्य संस्थामा सुत्केरी गराउनेलाई सुत्केरी भत्ता उपलब्ध गराउने गर्दछ। तर घरमा सुत्केरी गराएकालाई सुत्केरी भत्ता दिन नमिल्ने स्वास्थ्य चौकीले जनाएको छ। अनुसन्धान गरी पक्राउ परेका दम्पतिलाई सार्बजनिक हितबिरुद्धको कसुर अनुसारको सजाय हुने जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।