खेलकुद

इंग्लिस प्रिमियर लिग : सिटीले जित्दा टोटनह्याम स्तब्ध

फागुन २६, २०७५

    इंग्लिस प्रिमियर लिगमा उपाधि सम्भावनालाई कायमै राख्न मैदान उत्रिएको टोटनह्याम साउथहेम्टनसँग पराजित हुँदा शिर्ष स्थानको सिटीले भने सहज जित निकालेको छ।

    टोटनह्यामलाई हेरी केनले २६औँ मिनेटमा अग्रता दिलाएपनि अन्तिम समयमा साउथहेम्टनले लगालग दुई गोल गरेपछि टोटनह्याम लिभरपुलसँगको अग्रता कम गर्ने मौका गुमाउन पुग्यो। भेलारीले ७६ र वार्ड प्रोउसले ८१ औँ मिनेटमा गोल गर्दै साउथहेम्टनलाई महत्त्वपूर्ण  ३ अंक दिलाए। पराजित टोटनह्याम  ६१ अकका साथ तेस्रो स्थानमा कायम छ भने ३० अंक सहित साउथहेम्टन १६औँ स्थानमा छ।

    स्ट्रलिङको ह्याट्रिक

    सिटीको जितमा रहिम स्ट्रलिङले ह्याट्रिक गरेका थिए। प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा सिटीले वाटफोर्डलाई ३–१ ले हराउन सफल भयो।पहिलो हाफमा बराबरीमा रोकिए पनि सिटी दोस्रो हाफमा लगालग गोल गर्न सफल भयो।। रहिमले १४औँ मिनेटको अन्तरमा ह्याट्रिक गर्दै सिटीको जित पक्का गरे।

    ४६औंँ मिनेटमा रहिमले पहिलो गोल गर्दा ५०औँ मिनेटमा रियाद महारेजको पासलाई सदुपयोग गरेका थिए। ५९औँ मिनेटमा रहिमले डेभिड सिल्भाको पासलाई गोल गर्दै ह्याट्रिक पूरा गरे। ६६औं मिनेटमा वाटफोर्डका जेरार्ड डेउलोफिउले गोल गर्दै गोल अन्तर कम गरेपनि हार टार्न सकेनन्।

    जितसँगै सिटीले दोस्रो स्थानको लिभरपुलसँग ४ अंकको अग्रता बनाएको छ। यद्यपि लिभरपुलले एक खेल कम खेलेको छ।सिटीको ३० खेलकाट ७४ अंक पुगेको छ। एक खेल कम खेलेको लिभरपुलको ७० अंक छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]