स्वास्थ्य

भरतपुर अस्पतालका ६०० कर्मचारी दुई महिनादेखि तलबविहीन

फागुन २७, २०७५

    चितवन : भरतपुर सरकारी अस्पतालमा संघीय सरकारले बजेट विनियोजन नगर्दा अस्पताल सञ्चालनमै समस्या भएको छ। बजेट अभावले दुई महिनादेखि ६०० कर्मचारीले तलब पाएको छैनन्।

    अस्पतालका सूचना अधिकारी गोपाल पौडेलका अनुसार चालु आर्थिक वर्षको भदौमा आएको ६ करोड ५० लाख रुपैयाँ पुसमा सकिएपछि त्यसयता कर्मचारीले तलब पाएका छैनन्। अस्पतालमा विकास समितिअन्तर्गतका ज्यालादारी, स्थायी, करारका गरी ४०० भन्दा बढी कर्मचारी र १७५ जना सरकारी दरवन्दीका कर्मचारी कार्यरत छन्। उनिहरुको तलबमा महिनामा एक करोड रुपैयाँभन्दा बढी खर्च हुने गरेको अस्पतालले जनाएको छ। 

    अस्पताल प्रदेश सरकार कि संघीय सरकार मातहत रहने भन्ने केही समयअघि देखिएको अन्योलताले गर्दा समस्या भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. कृष्ण पौडेलले बताए। अस्पताल संघीय सरकार मातहत निर्णय भए पनि बजेट नआएको डा. पौडेलले बताए। अस्पताल अहिले विशिष्ट विशेषज्ञ सेवासहितको अस्पतालको रुपमा स्तरोन्नति भई संघीय सरकार मातहत रहेको छ। 

    सूचना अधिकारी पौडेलका अनुसार अस्पतालले बिरामी जाँच, ल्याव, एक्सरे, भिडियो एक्सरेलगायतको शुल्क, अस्पताल परिसरमा सञ्चालनमा रहेको तीन वटा फार्मेसीबाट र सटर भाडाबाट आम्दानी गर्दछ। यस्तै, जग्गा भाडामा दिएबापत पुरानो मेडिकलले दिनुपर्ने दुई करोड २१ लाख ४६ हजार ५०३ रुपैयाँ अस्पताललाई दिन आनाकानी गरिरहेको अस्पतालले जनाएको छ। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]