काठमाडौं : गण्डकी सरकारविरुद्ध सर्वोच्च अदालतमा विचाराधीन रहेको मुद्दाको आज सुनुवाइ हुँदैछ। गत चैत २५ गते मुख्यमन्त्रीमा नियुक्...
एकैछिन कार्यालय बन्द गरी विवाहमा गएका हौँ : प्रशासन
जुम्ला : जिल्लाको गुठीचौर गाउँपालिकाका कर्मचारीहरू विवाह भोजमा जाँदा कार्यालय बन्द भएको पाइएको छ। गाउँपालिका अध्यक्ष हरिबहादुर भण्डारीका छोरी तथा कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीका बहिनीको विवाह भोजमा जाँदा कार्यालय बन्द गरिएको हो। आइतबार बिहान ११ बजे नै कार्यालय बन्द गरेर कर्मचारीहरु विवाह भोजमा गएका थिए। कार्यालय सहयोगीसमेत कार्यालयमा नराखी बन्द गरी विवाह भोजमा गएको पाइएको छ।
कार्यालयको मूलढोकामा ताला लगाएर कर्यालय समयमा कर्मचारी विवाह भोजमा सहभागी हुनुले सिंहदरबारको अधिकारको उल्लंघन भएको स्थानीयले बताएका छन्।
देपालगाउँ स्वास्थ्य चौकीका इन्चार्ज धनप्रसाद न्यौपाने आमा सुरक्षा कार्यक्रमको पेस्की रकम फर्स्योट लागि कार्यालयमा गएको र कार्यालय बन्द देख्दा फर्किए भएको बताए। गाउँपालिकाका सबै कर्मचारी ढोकामा ताला लगाएर विवाह भोजमा गएका कारण न्यौपाने काम नगरी फर्किएका हुन्। न्यौपाने जस्तै दर्जन बढी सेवाग्राही खाली हात फर्किएको बताएका छन्। विभिन्न कामले गाउँपालिकामा गएकाहरु कार्यालयको मुल ढोकामा ताला लगाएको देख्दा खाली फर्किएका छन्। गाउँपालिका अन्तर्गतको महिला शाखा, स्वास्थ्य शाखा, शिक्षा शाखा, कृषि शाखा लगायत सबै फाँटका कर्मचारी विवाह भोजमा गएका थिए।
एकैछिन कार्यालय बन्द गरी विवाहमा गएका हौँ : प्रशासन
यता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशवराज शर्माका अनुसार केही समय कार्यालय बन्द गरी सबै कर्मचारी विवाह भोजमा सहभागी भएको बताए। सेवाग्राहीलाई मर्का नपर्ने गरी विवाह भोजमा सहभागी भएको उहको भनाइछा। कार्यालयमा सेवा लिन आएकाहरु सबैलाई सेवा दिएर पठाइएको न्यौपानेको भनाइ छ।
गाउँपालिका अन्तर्गत पर्ने अन्य कार्यालयलाई नियमन र नियन्त्रण गर्ने अधिकार पाएको जिम्मेवार कार्यालय नै बन्द हुनुले नागरिक अधिकारको ठाडो उल्लंघन भएको छ। सिंहदरबारको अधिकार गाउँमा आएपछि धेरै अपेक्षा गरेका नागरिकहरु कार्यालय समयमा बन्द गरी कर्मचारीहरु विवाह भोजमा सहभागी हुनुले कर्मचारी तन्त्र हाबी भएको प्रतिक्रिया दिएका छन्।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।