काठमाडौं : इंडियन प्रिमियर लिग (आइपिएल) मा गुजरात टाईटन्सले पञ्जाब किंग्सलई ३ विकेटले पराजित गरेको छ। पञ्जाबले दिएको १ सय ४३ रनको लक्ष्य...
इलाम : इलाम सदरमुकाम इलाम बजारमा जारी माईभ्याली गोल्डकप प्रतियोगिताअन्तर्गत मंगलबार विभागीय टिम नेपाल पुलिस क्लबले भारतको युनाइटेड दार्जिलिङ क्लबसँग प्रतिस्पर्धा गर्दैछ।
दार्जिलिङ आयोजक माईभ्याली फुटबल क्लब, इलामलाई पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको थियो।
प्रतियोगिताको सोमबार भएको खेलमा ए डिभिजन क्लब हिमाल शेर्पाले क्वाटर फाइनल प्रवेश गरेको छ। उसले हङकङ नेप्लिज फुटबल एकाडेमीलाई ५–१ गोलको फराकिलो अन्तरले पराजित गरेको हो। खेलको सुरुवातबाटै दबाब कायम राखेको शेर्पाले पहिलो हाफको नौ मिनेटमा मिनेटमा नै अग्रता बनायो। गोलरक्षक अभिजित रोय अगाडी बढेको मौकामा सुनिल खडकाले हिमालयनलाई सुरुवाती अग्रता दिलाए।
खेलको नवौंँ मिनेटमा हङकङका खेलाडीले हिमालयन शेर्पाका डेडी वाम्बालाई फाउल गरेपछि पाएको फ्रिकिक प्रहारमा गोलरक्षकलाई बिट गराउँदै सुनिल खड्काले अग्रता दोव्बर बनाए। ३७ औँ मिनेटमा त्रिदेव राईले डिबक्सबाहिरबाट गरेको प्रहारले जाली चुमेपछि पहिलो हाफमा हिमालयन शेर्पाले ३–० को फराकिलो अन्तर बनायो।
दोस्रो हाफमा समेत दबाबमा परेको हङकङका लागि ४६ आँै मिनेटमा समिर लिम्बुले गोलरक्षक किशोर गिरीलाई बिट गराउँदै सान्तवना गोल फर्काए। ६३ औँ मिनेटमा सुनिलले गोल गर्दै ह्याट्रिक पूरा गरे। ७५ औँ मिनेटमा कप्तान मानबहादुर तामाङले गोल गरेपछि ५–१ गोल अन्तरले विजयी बन्दै हिमालयन शेर्पा क्वाटरफाइनल प्रवेश गरेको हो।
सेमीफाइनल प्रवेशका लागि हिमालन शेर्पाले थ्रीस्टार क्लबको सामना गर्नेछ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।