अर्थ

सुदूरपश्चिममा बढ्यो कर्जा लगानी र निक्षेप संकलन

फागुन २८, २०७५

    धनगढी : नेपाल राष्ट्र बैंकबाट मान्यता प्राप्त ‘क’ वर्गका वाणिज्य बैंकहरूले सुदूरपश्चिम प्रदेशका ९ जिल्लामा पौष मसान्तसम्ममा ७९ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन्। यो अवधिमा ६० अर्ब निक्षेप संकलन गरिएको नेपाल राष्ट्र बैंक धनगढीले जनाएको छ। पछिल्ला वर्षहरूमा कर्जा लगानी र निक्षेप संकलन बढिरहेको राष्ट्र बैंक धनगढीका निर्देशक किरण पण्डितले बताए।

    असार मसान्तमा ५२ अर्ब निक्षेप संकलन भएको सुदूरपश्चिम प्रदेशमा आर्थिक वर्ष २०७३/०७४ मा ४० अर्ब निक्षेप संकलन भएको थियो। कर्जा लगानी पनि प्रत्येक वर्ष बढिरहेको राष्ट्र बैंक धनगढीले जनाएको छ। असार मसान्तमा ६४ अर्ब कर्जा लगानी भएको सुदूरपश्चिम प्रदेशमा आर्थिक वर्ष २०७३/०७४ मा ५२ अर्ब कर्जा लगानी भएको राष्ट्र बैंक धनगढीका निर्देशक किरण पण्डितले बताए। उनले भने, ‘पछिल्लो समय कर्जा लगानी र निक्षेप संकलन उत्साहजनक रहेको छ।’

    छ स्थानीय तह बैंकविहीन

    सुदूरपश्चिम प्रदेशमा ८८ वटा स्थानीय तहहरूमध्ये हालसम्म छ वटा स्थानीय तहमा वाणिज्य बैंक पुग्न नसकेको राष्ट्र बैंक धनगढीले जनाएको छ। राष्ट्र बैंक धनगढीका अनुसार बाजुरामा ३ वटा,  बझाङमा २ वटा र डोटीमा एउटा स्थानीय तहमा बैंक पुग्न नसकेको हो। केही समय अघिसम्म ८ वटामा पुग्न बाँकी थियो, अहिले छ वटामा पुग्न बाँकी छ’ बैंक धनगढीका निर्देशक किरण पण्डितले भने, ‘अब केही समय भित्रै सबै स्थानीय तहमा बैंकहरू पुगिसक्ने छन्।’

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]